७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु महानिरीक्षकको जिम्मेवारी

कामु प्रहरी महानिरीक्षक पोखरेल

काठमाडौं— सरकारले नेपाल प्रहरीको कामु महानिरीक्षकमा डा. दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु दिने निर्णय गरेको हो।

पाेखरेलले ७० हजार सदस्य रहेको प्रहरी संगठनलाई अल्पकालीन नेतृत्व दिनेछन्।

नेपाल प्रहरी नियमावली २०७१ को दफा ४६ संशोधन गरी पोखरेललाई कामु तोकिएको कानुनमन्त्री अजयशंकार नायकले जानकारी दिए। सो दफाले प्राविधिकलाई कामु दिन रोक लगाएको थियो। अब पाेखरेलले ७० हजार सदस्य रहेको प्रहरी संगठनलाई अल्पकालीन नेतृत्व दिनेछन्।

सोमबार मध्यरातदेखि महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहित ९ जना एआईजीले अवकास पाउँदैछन्।

आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषदले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। त्यसको केही घन्टापछि सर्वोच्च अदालतले सो नियुक्त तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

नयाँ महानिरीक्षकको नियुक्ति विवादित भएको अवस्थामा पोखरेल कामु महानिरीक्षक भएका हुन्। प्रहरी अस्पतालका निर्देशक उनी चिकित्सक हुन्।

प्रकाशित: २ फाल्गुन २०७३ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App