७ वैशाख २०८१ शुक्रबार
खेल

तीन लाख पुरस्कार पाएपछि कप्तान गुरुङले के भने?

प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्दै नेपाली फुटबल टोलीका कप्तान गुरुङ

काठमाडौं—सोलिडारिटी कपको उपाधि जित्ने नेपाली राष्ट्रिय टोली सदस्यलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ। गत कात्तिकमा भएको खेलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि हात पारेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता टोली सदस्यलाई ३ लाख रुपैयाँको चेक तथा प्रमाणणपत्र हस्तान्तरण गरे।

सो समारोहलाई राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले सम्बोधन गरेका थिए। उनको मन्तव्यको सम्पादित अंशः

'रंगशाला पुनःनिर्माण छिटो सक्न अनुराेध'

सम्मानित भएकोमा खुशी लागेको छ। यो सम्मानले नेपाली टोलीमा ठूलो हैसला थपिएको छ। आगामी दिनमा पनि हामी धेरैभन्दा धेरै प्रतियोगितामा विजयी हासिल गर्न चाहन्छौं। यो सम्मान त्यसका लागि हौसलाको स्रोतको रुपमा रहनेछ।

त्यो स्टेडियम भइदिएको भए हामीलाई एडभान्टेज हुन्थ्यो। अरु म्याचका लागि पनि रंगशाला महत्वपूर्ण छ। त्यसैले रंगशाला पुनःनिर्माणको काम छिटो गर्दिनु हुन अनुरोध गर्दछु।

मार्चमा हामी एएफसी क्वालिफाइङ चरणको खेल खेल्दैछौं। हामीसँग स्टेडियम तयार भएको भए त्यो खेल 'होम ग्राउन्ड'मै हुन्थ्यो। रंगशालाको अवस्था हेर्दा होम ग्राउन्डमा सो म्याच हुन सक्ला जस्तो लागेको छैन। त्यो स्टेडियम भइदिएको भए हामीलाई एडभान्टेज हुन्थ्यो। अरु म्याचका लागि पनि रंगशाला महत्वपूर्ण छ। त्यसैले रंगशाला पुनःनिर्माणको काम छिटो गर्दिनु हुन अनुरोध गर्दछु।

प्रकाशित: २ फाल्गुन २०७३ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App