६ वैशाख २०८१ बिहीबार
समाज

बाराको विद्यालयबाट हराएका चार बालिका भारतको सीतामडीमा भेटिए

वीरगञ्ज— बाराको विद्यालयबाट अाइतबार दिउँसो हराएका चार बालिका भारतको सीतामडीमा फेला परेका छन्। उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको हो।

उनीहरुलाई सितामढी चाइल्ड हेल्थ केयरमा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताए। सिमरा पब्लिक स्कूलमा अध्ययनरत रिया गुप्ता, पिहु गुप्ता, स्नेहा सिह र रोजिना श्रेष्ठ बेपता भएको खबर प्रहरीमा आएपछि प्रहरीले तिनीहरुको अनुसन्धान शुरु गरेको थियो।

वीरगञ्जको सीमामा रहेको सिसि क्यामेरामा हराएका भनिएका चारैजना सिमावर्ती भारतीय शहर रक्सौलतिर गएको देखिएको थियो। त्यसपछि प्रहरीले भारतीय सुरक्षा अधिकारी समक्ष बालिकाहरुलाई खोजि दिन आग्रह गरेको थियो।

नेपाली सुरक्षा अधिकारीहरुले गरेको आग्रहको आधारमा भारतीय सुरक्षाकर्मीहरुले रक्सौल सितामढी रुटका ट्रेनमा चेकजाँचको क्रममा उनीहरुलाई फेला पारी सितामढीमा रहेको चाइल्ड केयर सेन्टरको जिम्मा लगाएको कार्कीले बताए ।

अाइतबार चार बालिका दिउँसो ३ बजे गायब भएको खबरसंगै वीरगन्ज सिमानाकामा सूरक्षाकर्मीहरुले खोजतलास तथा निगरानी  बढाइएको थियो। विद्यालयमा पढ्न गएका बारा जितपुका चार जना बालिका घर नफर्केपछि आफन्तहरुले खबर गरेसँगै सीमा र सहरसम्म प्रहरी सक्रिय पारिएको थियो।

१० बर्ष मुनीका बालिकाहरु वीरगञ्जबाट रिक्सा चढेर रक्सौल पुगेको बताइएको छ।

बिहान विद्यालय गएका दुई जना बहिनी र उनीहरुका २ जना साथी बालिकाहरु घर नफर्केपछि  खोजी सुरु गरेको जितपुरका बिक्की गुप्ताले बताए।

‘५ भन्दा मुनीका कक्षामा पढ्ने चारै जना १० वर्षभन्दा कम उमेरका छन्,’ बिक्कीले भने, ‘मेरो काकाका छोरी मेरा बहिनीहरु रिया गुप्ता, पिहु गुप्ता र उनीहरुसँगै पढ्ने स्नेहा सिंह र रोजिना श्रेष्ठ गायब भएका हुन्।

बालिकाहरु घर नफर्केपछि अभिभावक बच्चा खोज्दै स्कूल पुगेका थिए। शिक्षकले छुट्टी भएर विद्यालयबाट सबै विद्यार्थीहरुसगै उनीहरु पनि निस्केको बताएका थिए।

(बाराबाट उपेन्द्र यादब र वीरगञ्जबाट रितेश त्रिपाठीको रिपोर्ट)

प्रकाशित: २ फाल्गुन २०७३ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App