७ वैशाख २०८१ शुक्रबार
समाज

डुमरवाना बहुमुखी क्याम्पसले नवौं वार्षिकोत्सव मनायो

सिमरा- नेकपा एमाले सांसद एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले राज्यको शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म शिक्षा प्रणालीमा सुधार हुन नसक्ने बताएका छन्। बाराको डुमरवानास्थित डुमरवाना बहुमुखी क्याम्पसको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै सांसद पौडेलले शिक्षा व्यवसायिक र व्यवहारिक नभएसम्म स्वरोजगारी र व्यवसायिक बनाउन नसकिने बताए।

त्यस्तै नेपाली कांग्रेसकी सांसद मधु शाहीले भौतिक पूर्वाधारको सम्पन्नताले मात्रै क्याम्पस सफल नहुने भन्दै यसका लागि गुणस्तरीय र प्रविधियुक्त शिक्षाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताइन्। प्राविधिक शिक्षालाई प्राथमिकता दिएर कार्यक्रमको परिमार्जन गरेर अघि बढन उनको सुझाव थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. कृष्ण पौडेलले शिक्षाको गुणस्तर र उद्यमशिलता अभिवृद्धिका लागि शिक्षा नीतिको व्यवहारिक कार्यान्वयनमा जोडिएका सामुदायिक क्याम्पसको प्रवर्द्धनमा सहयोगी बन्न राज्यसँग आग्रह गरे। पौडेलले आगामी पाँच वर्षभित्र तीनतले अत्याधुनिक भवन, प्रशासनिक भवन, कम्पाउण्डवाल निर्माण गर्ने, गुणस्तरीय र व्यवहारिक शिक्षा, प्राविधिक शिक्षालयको व्यवस्था गर्ने पञ्चवर्षीय रणनीतिक योजनासहित अघि बढेको बताए।

कार्यक्रममा गढीमाई नगरपालिकाका प्रमुख डिल्लीराज बेलबासे, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुख डा. विश्वम्वर शर्मा, डुमरवाना क्याम्पसका संस्थापक अध्यक्ष पलट चौधरी, जिल्ला प्रशासन कार्यालयका उपसचिव रमेशकुमार दत्त, रामराजा क्याम्पसका अध्यक्ष प्रभुनाथ पटेल, निजगढ क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरी, सपही क्याम्पसका अध्यक्ष भेषबहादुर ढकाल, पूर्व जिल्ला शिक्षा अधिकारी जयचन्द्र चौरसिया, बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, शिक्षक अक्षय चौधरी, शिक्षाप्रेमी भरत खडका र भिमबहादुर केसी, रघुनाथपुर माविका सफिक अंसारी, पूर्वविद्यार्थी इश्वर दोङ, विद्यार्थी धन आलेलगायतले शुभकामना दिए।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सन्तोष भुजेल, दाताहरु कीर्तिनाथ अधिकारी, नारायणप्रसाद पाठक, डिल्लीकुमारी अधिकारी, पूर्वशिक्षिका मीना तिमल्सिना र पूर्वकर्मचारी सीता अधिकारीलगायतलाई सम्मानित गरिएको थियो।

सप्ताहव्यापी रुपमा आयोजित विभिन्न रचनात्मक क्रियाकलापहरुका उत्कृष्ट प्रतियोगीहरुलाई सम्मान गरिएको थियो।

२०६४ सालमा स्थापित क्याम्पसमा स्नातक तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा दुई सय विद्यार्थीहरु अध्ययनरत छन्। साढे तीन करोडको लागतमा भवन निर्माणाधीन छ। हालः विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा परियोजनाका ५२ वटा क्याम्पसहरुमध्ये छनोट भएको डुमरवाना बहुमुखी क्याम्पसलाई सुविधासम्पन्न बनाउने र गुणस्तर एवं प्रतिस्पर्धी जनशक्ति उत्पादनथलो बनाउने र निकट भविष्यमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने लक्ष्य रहेको डा. पौडेलले बताए।

प्रकाशित: २ फाल्गुन २०७३ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App