बेलायत- बेलायतमा १५० वर्ष पुरानो कपडा हराएको छ। एकदमै भावुक हुँदै पूर्वी लोथियन मोर्हामकी २९ वर्षीया टेस नेवाले आफ्नो हजुरआमाको पनि हजुरआमाको १५० वर्ष पुरानो प्राचीन कपडा ड्राइ क्लिनर्सले हराइदिएको आरोप लगाएकी छिन्।
गत जुनमा आफ्नो विवाह समारोहमा उनले उक्त कपडा लगाएपछि ड्राइ क्लिन्सर्ममा धुन दिएकी थिइन्। टेस नेवालले भनिन्, 'म मेरो उक्त कपडा हराएको जानकारी पाएदेखि एकदमै उदास छु।'
एडेनवर्गस्थित सेन्ट म्यारी स्ट्रिटमा रहेको क्लिन क्लिनर्स नामक उक्त ड्राइ क्लिनर्स लिलामीमा परेको र त्यस ठाउँबाट उठेको थियो। उनले आफ्नो विवाहपछि सेप्टेम्बरमा उक्त प्राचीन कपडा धुनका लागि ड्राई क्लिर्न्समा पठाएकी थिइन् तर अक्टोबरबाट त्यो क्लिनर्स बन्द भएको थियो। पूर्वी लोथियनमा ३० वर्षीय अल्फर्ड नेवालसँग विवाह गरेकी टेसले भनिन्, 'मेरो इन्गेजमेन्ट भएपछि मेरो हजुरआमाले मलाई सन् १८७० देखिको पुरानो कपडा स्टोरमा रहेको र म तिमी त्यो कपडा लगाएको हेर्न चाहन्छु भनेपछि मैले मेरो विवाहमा त्यो कपडा लगाएको थिएँ। मैले जहिले पनि प्राचीन कुराहरुलाई मन पराएको छु र मेरो विवाहमा मैले त्यति प्राचीन कपडा लगाउन पाउनु मेरो अहोभाग्य रहेको थियो। र्यापिङ पेपरमा बक्समा रहेको उक्त कपडा खोल्न पाउँदा अचम्म महसुस भएको थियो। कपडा केही पहेलो भएको थियो र मैले त्यो कपडा सफा गरेकी थिएँ। मेरो बाबाले त्यो कपडा जुन महिनामा भएको मेरो विवाहपछि सेप्टेम्बरमा ड्राई क्लिनर्समा धुन दिएका थिए। बुवालाई कपडा सफा गर्न आठ देखि १० हप्ता लाग्ने बताइएको थियो तर मेरो आमाले त्यति लामो समय नलाग्ने बताएतापनि हामी फेरि चुप लागेका थियौँ। मेरो बुवाले त्यो ड्राई क्लिनर्सलाई कपडा सफा भइसक्यो भनेर पटक पटक फोन सम्पर्क गरेका थिए तर उक्त कम्पनीले सधैं छैन भन्ने जवाफ दिन्थ्यो, उनले थपिन्। जब पटक पटक सम्पर्क गर्दापनि छैन भन्ने जवाफ आयो तब दुईदिन अघि मेरो वुवा पसलमा नै जाँदा त्यो पसल सरेको भन्ने बोर्ड देखेपछि हामी सबै आश्चर्यमा पर्यौं। मेरो आमाले मलाई उक्त घटनाक्रम भनेपछि हामी दुवैजना बेस्सरी रोयौं। यो हाम्रो परिवारका लागि एकदमै दुःखको कुरा हो र हामी यहि आशमा छौं की कसैलाई त्यो कपडा कहाँ छ थाहा होस् र हामीलाई फिर्ता दिइयोस्। त्यो कपडासँग धेरै भावनात्मक सम्बन्ध गाँसिएको थियो। त्यो कपडासँग धेरै संवेगहरु पनि गाँसिएको थियो। यो एकदमै हृदयविदारक घटना हो, उनले थपिन्।
ह्याडिङ्गटनमा बस्ने नेवालका ६१ वर्षे बुवा प्याटि्रक ग्याम्मेल भने, 'परिवारको पुरानो सम्पत्ति हराउँदा परिवारका सबै सदस्य एकदमै दुःखी भएका छौं।' मलाई उक्त ड्राइ क्लिर्न्स महारानीले नियुक्त गरेको बताइएको थियो र त्यहि कारणले म त्यहाँ गएको थिए। ड्राइ क्लिर्न्समा त्यति धेरै समय नलाग्ने कुराको ज्ञान भएतापनि मलाई यस्ता पुराना सामानहरु सफा गर्न धेरै समय लाग्छ जस्तो लागेको थियो। मेरो श्रीमतिको पाँच पुस्तादेखिको पुरानो कपडा हराएदेखि हामी एकदमै दुःखी भएका छौं। उनले थपे, लिलामी गर्नेहरुले बताए अनुसार केही सामानहरु बेचिएका थिए। हामी क्लिनर्स मालिकको दर्तावाला घरमा पनि गएका थियौं तर त्यो घरपनि धितोमा राखिएको रहेछ र धितो लिलामी पनि भइसकेको रहेछ। हामीसँग प्रहरीलाई भन्नुको विकल्प नरहेको पनि उनले बताए। उक्त व्यापारको लिलामी वायल र विसेटले लिएको छ। स्कटल्याण्डको सरकारी कार्यालयले भने लिलामीका बारेमा केही बताउन चाहेन।
प्रकाशित: २ फाल्गुन २०७३ ०५:१० सोमबार