प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

सोमबार, ०२ फागुन २०७३, १० : ५३ किरणमान बज्राचार्य

कपिलवस्त— कपिलवस्तुको पकडी गाविस, पकडी बजार किनारमा रहेको सिसौ बगैँचामा एक युवती सामूहिक बलात्कृत भएकी छन्। ७ जना स्थानीय युवाले बलात्कार गरेको भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

गत माघ २६ गते दिउसो ३ बजेतिर युवाको समूहले पालैपालो बलत्कार गरेको प्रहरीले बताएको छ। उनलाई बगैँचामा बलत्कारका क्रममा नाङ्गै बनाई मोबाईलबाट भिडियो खिचिएको थियो। भिडियो करिब ३० मिनेटको छ।

घटनामा संलगन युवा राजनीतिक पहुँचवाला र पैसवाला भएकोले घटनालाई दबाउन खोजिएको अधिकारकर्मी बताउँछन्।

१७ वर्षकी ती युवतीको पकडी गाबिस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम सम्बन्धमा थिइन्। आफ्नै प्रेमीले डेटिङका लागि बोलाएर सो घटना गराएको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको छ।

बलात्कारपछि धम्की दिएपछि घटनाबारे युवतीले कसैलाई भनेकी थिइनन्। सो हर्कतको भिडियो सार्वजनिक भएपछि घटनाको रहस्य खुलेको हो। भिडियो पकडी बजार हुँदै कपिलवस्तु वरपर भाइरल भएको छ। भिडियाका ५ क्लिपमध्ये प्रहरीले तीन भिडियो हात पारेको छ। सो भिडियोमा ५ जनाले युवतीलाई नाङ्गै बनाई कुटपीट गरको स्पष्ट दृष्य छ। युवतीले आफूलाई छाड्न रोइकराइ गरी अनुनय गर्दा पनि उनीमाथि बलात्कार भएको देखिन्छ।

घटना माघ २६ गते को भए पनि माघ २९ गते मात्र प्रहरीले थाहा पाएको थियो।

प्रहरीले घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक भोजजंग शाले बताए। सार्वजनिक भिडियोका आधारमा पकडी– ४ पिखुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिद र २६ वर्षे राहत हुसेन पक्राउ परेका हुन्। पीडित युवतीले सामुहिक बलत्कारको किटानी जाहरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

कति जनाविरुद्ध अनुसन्धान भइरहेको भन्ने जानकारी प्रहरीले गोप्य राखिएको छ। घटनापछि पीडित परिवारलाई युवाहरुले धम्की दिएपछि परिवारै भैरहवामा लुक्न गएको थियो। प्रहरीले उनीहरुको खोजवीन गरी भैरहवाबाट झिकाएको हो।

फागुन २९ गते प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गराएको थियो। प्रहरी उपरिक्षिक शाहले पीडित युवतीले आफूलाई नाङ्गै बनाएर कुटपटि र गालीगलौज गरेको बताए। माघ २९ गते प्रहरीको सम्पर्कमा अाएकी ती युवती अहिले कहाँ छिन त्यसबारे प्रहरीले कसैलाई जानकारी दिएको छैन।

घटनामा संलगन युवा राजनीतिक पहुँचवाला र पैसवाला भएकोले घटनालाई दबाउन खोजिएको अधिकारकर्मी बताउँछन्। इस्को प्रतिनिधि नन्दराम पौडढेल घटना भएको यति दिन बित्दा बल्ल घटनाको सार्वजनिक हुनुले पनि घटना लुकाउन खोजेको देखिएको बताउँछन्।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत सर्वसाधारणले दोषीमाथि कडा कारवाहीका लागि आवाज उठाएका छन्। युवतीको भारतको लौटन थानमा विवाह भएको थियो।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad