coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

काठमाडौं- वैदेशिक रोजगारीलगायतका क्षेत्रमा अन्यायमा परेका व्यक्तिको पक्षमा सशक्त र निष्पक्ष ढंगले कलम चलाएबापत नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले उत्कृष्ठ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्। श्रम सम्झौता अनुसार काम नपाएर रोजगारदाता कम्पनीबाट कामदार ठगिएको तथा सरकारले निर्धारण गरेका सेवा, सुविधा कामदारले नपाएकोबारे खड्काले निरन्तर रूपमा नागरिक दैनिकमा समाचार लेख्दै आएका छन्।

महासंघले आइतबार खड्कालाई २५ हजार रुपैयाँ नगद, कदरपत्रसहित सम्मान गरेको हो। श्रम तथा रोजगार राज्य मन्त्री दिलीप खवास गच्छदार र श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरे। करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील खड्काले यसअघि समय म्यागेजिन, नेपाल साप्ताहिक तथा कान्तिपुर दैनिकमा काम गरिसकेका छन्।

महासंघको ११ औं वार्षिकोत्सवको अवसरमा खड्कासहित तीन पत्रकारलाई सम्मान गरिएको थियो। सम्मानित हुने अन्य पत्रकारमा मध्यान्ह दैनिकका मदनकुमार श्रेेष्ठ र नेपाल टेलिभिजनमा वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम चलाउँदै आएका हरि थापा छन्। ११ औं वार्षिकोत्सव कार्यक्रममा महासंघमा लामो समयदेखि योगदान गरिरहेका महासचिव जीवनकुमार केसी, पूर्वकेन्द्रीय सदस्य गायत्री जिसी, राजेन्द्र श्रेष्ठलगायतलाई पनि सम्मान गरियो। महासंघमा आवद्ध सदस्यका सन्ततिमध्ये गतव र्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने सुयसा सिग्देललाई १० हजार नगदसहित सम्मान गरियो।

प्रकाशित: २ फाल्गुन २०७३ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App