निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

सोमबार, ०२ फागुन २०७३, ०९ : ५३ नागरिक

काठमाडौं- मेनपावर व्यवसायीले दुई वर्षअघिको निःशुल्कभिसा र टिकट निर्णय खारेज हुनुपर्ने माग गरिरहेको बेलाश्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदारले भने उक्त निर्णय फिर्ता नहुने प्रस्ट पारेका छन्। नेपाल स्वास्थ्य व्यवसायी महासंघको ११औं वार्षिकोत्सव समारोहमा बोल्दै गच्छदारले उक्त कुरा बताएका हुन्। सरकारले निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि कामदारले अझै बढी शुल्क बुझाउनु परेको गुनासो समेत व्याप्त छ। 'सरकारले निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गरेरै छाड्ने तयारी गरिरहेको बेला कसैले मेनपावरलाई बढी रकम दिन्छ भने त्यस्तोमा भने सरकारलेे केही गर्न सक्दैन,' आइतबार महासंघको वार्षिकोत्सवमा उनले भने। गच्छदारले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए।

सोही कार्यक्रममा बोल्दै श्रम तथा रोजगार सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका तमाम समस्या अन्त्य गर्न गाउँबाट मान्छे ल्याउने व्यक्तिदेखि गन्तव्य मुलुकसम्म सुधारको आवश्यकता रहेको बताए। पछिल्लो समयमा वैदेशिक रोजगारीको क्षेत्रमा अनेक समस्या सिर्जना भइरहेको उनको भनाइ छ। कार्यक्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीमा जाने कामदार विदेशमा समस्यामा पर्ने क्रम नरोकिएकाले अब स्वास्थ्य परीक्षण गर्दा नै कामदारलाई स्वास्थ्य सम्बन्धी परामर्श दिनुपर्ने आवश्यकता रहेको औंल्याए। महासंघका अध्यक्ष कैलाश खड्काले कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षणको पक्षमा रहेको बताए। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा गएका कामदार स्वास्थ्य परीक्षण या अन्य कुनै पनि कारणले सम्झौता अवधि सकिनु अघि नै स्वदेश फर्कनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad