coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उदयपुर गोल्डकप : रुपन्देही अन्तिम चारमा

उदयपुर- रुपन्देही ११ ले आइतबार उदयपुर रंगशालामा झापा फुटबल क्लबमाथि सडनडेथमा विजय हासिल गर्दै चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाई–ब्रेकरमा धकेलिएको खेलमा नतिजाका लागि सडनडेथसम्म प्रतिक्षा गर्नुपरेको थियो। सडनडेथमा दुवै टोलीले दुई/दुई पेनाल्टी प्रहार गरेपछि मात्र विजेताको चयन भयो। पेनाल्टी सुटआउटमा झापाको तर्फबाट सातौं पेनाल्टी प्रहार गरेका विशाल राई चुकेपछि विक्रम लिम्बुले गोल गर्दै रुपन्देहीलाई महत्वपूर्ण जित दिलाए।

त्यसअघि टाई–ब्रेकरमा ४–४ को बरबरी भएको थियो। टाई–ब्रेकरमा रुप्न्देहीका सौरभ मगर, उत्तम गुरुङ, विजय धिमाल र दीलिप क्षेत्रीले गोल गरे भने दीपक राईको प्रहार असफल भएको थियो। उता झापाका तर्फबाट दिलेन मोक्तान, राजकुमार लिम्बु, अफ्रिकी खेलाडी खामिन गिल्सन र रेजिन सुब्बाले गोल गर्दा संजोग राईको प्रहार खेर गएको थियो।

रेजिन सुब्बाले २२औं मिनेटमा गोल गरेपछि झापाले अग्रता लिएको थियो। तर समय सकिन १८ मिनेट बाँकी रहँदा विकी चौधरीले रुपन्देहीका लागि बराबरी गोल फर्काए। झापालाई अग्रता दिलाउने रेजिन खेलको म्यान अफ दी म्याच भए। उनले पुरस्कारस्वरुप ५ हजार रुपैयाँ पाए।

रुपन्देहीको जितसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ। टोलीले मंगलबार हुने सेमिफाइनलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनल सोमबार मोरङ ११ र सिएमजी क्लब संकटाको बीचमा हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७३ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App