८ वैशाख २०८१ शनिबार
राजनीति

महानिरीक्षक नियुक्तिमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा आफ्नो संलग्नता नभएको बताएका छन्। 'प्रहरी महानिरीक्षक नियुक्ति नितान्त मन्त्रिपरिषद्को अधिकारक्षेत्रको विषय हो', देउवाका तर्फबाट निजी सचिव केशवराज जोशीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, 'त्यस विषयमा नेपाली कांग्रेसका सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रूपमा रहँदैन र छैन।'

कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको भन्दै विज्ञप्तिमा सञ्चारमाध्यमले नियोजित रूपमा आफ्नो नाम जोडेकोमा देउवाले असन्तुष्टि जनाएका छन्। विज्ञप्तिमा यस विषयमा सम्प्रेषण गरिएका समाचार झुटो भएको उल्लेख छ। सम्बन्धित पक्षसँग बुझेर मात्र समाचार प्रकाशित गर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

मन्त्रिपरिषद्को आइतबारकै बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। त्यसको केही घन्टापछि सर्वोच्च अदालतले चन्दको नियुक्तिमा प्रश्न उठाउँदै निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App