coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले अब संसदमा उपस्थिति जनाउने

काठमाडौं— डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराइ पार्टी नेपाल (लोकतान्त्रि)बीच एकिकरण हुने भएको छ।

एकीकृत पार्टीको नाम नयाँ शक्ति रहने भएको नयाँ शक्ति पार्टीका नेताहरूले बताएका छन्। नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न  सोमवार थरुहट तराइ पार्टी नेपाल (लोकतान्त्रिक)ले बैठक बोलाएको छ। सो बैठकले नयाँ शक्ति पार्टीसँग एकता गर्ने निर्णय गर्ने सो पार्टीकी सांसद गगां चौधरीले बताइन्। ‘नयाँ शक्तिसँग एकिकरणको निर्णय गर्न भोली(सोमवार) बैठक बोलाएका छौ’चौधरीले भनीन्।

नयाँ शक्ति पार्टीका नेता परशुराम खापुङले नयाँ शक्ति पार्टी र थरुहट तराइ पार्टी नेपाल (लोकतान्त्रिक)वीच एकिकरण हुने निश्चित भइसकको भन्दै सोमवार नै यसको घोषणा हुने बताए।

थरुहट तराइ पार्टीसँग एकिकरण भए पछि नयाँ शक्ति पाटी  संसदमा प्रतिनिधित्व हुने भएको छ। संसदमा थरुहट पार्टीको एक सिट रहेको छ।

तत्कालनी माओवादी नेता भट्टराईले सांसद पदबाट राजीनामा दिएर नयाँ शक्ति पार्टी गठन गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७३ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App