८ वैशाख २०८१ शनिबार
समाज

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

दाङ—दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ। 

बाकसभित्र पसेर पैसा खोज्ने क्रममा एक्कासि ढक्कन लागेर कुण्डीमा अड्किएपछि निसास्सिएर बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले शङ्का गरेको छ।

पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार शनिबार बेलुकीदेखि हराइरहेका बालक आइतबार बाकसमा मृत अवस्थामा फेला परेका हुन्।

बालककी हजुरआमाले चिसो भएर बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनी मृत अवस्थामा भेटिएका थिए। 

बाकसभित्र पसेर पैसा खोज्ने क्रममा एक्कासि ढक्कन लागेर कुण्डीमा अड्किएपछि निसास्सिएर बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले शङ्का गरेको छ। 

बालकको हातमा रु १० भएकाले बालक घरको एक तलामाथि बाकस राखेको ठाउँमा पैसा खोज्न गएको हुनसक्ने प्रहरी अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७३ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App