७ वैशाख २०८१ शुक्रबार
समाज

युवती हत्याका दोषी खोज्दै प्रहरी

खोटाङ– लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न पहिचानका लागि प्रहरीले सक्रियता बढाएको छ। होटलमा काम गर्दै आएकी किशोरी गत बुधबार छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

किशोरीको शव शंकास्पद अवस्थामा भीरमा फेला परेपछि दोषी पहिचानका लागि सबै बल प्रयोग गरेको प्रहरीले जनाएको छ।

होटल सञ्चालकसँगको सोधपुछपछि शंकास्पद मानिएका सिम्पानी–६ का तीन जनालाई नियन्त्रणमा लिएको बताउने प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकिशोर प्रधान आफैं टोली लिएर घटनास्थलमा खटिएका छन्। घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीको छ।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजी गर्ने क्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मृत भेटिएकी थिइन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार युवतीको शवको टाउको फुटेको, दाँत भाँच्चिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो। रीतासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सूचनाका आधारमा केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान भइरहेको डिएसपी प्रधानले बताए। होटल सञ्चालकसँगको सोधपुछपछि शंकास्पद मानिएका सिम्पानी–६ का तीन जनालाई नियन्त्रणमा लिएको बताउने प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन।

यसअघि भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिइन् । उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन्।

प्रकाशित: १ फाल्गुन २०७३ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App