६ वैशाख २०८१ बिहीबार
समाज

खोटाङका ३५ गाविसमा पुनर्निर्माण सर्वेक्षण

खोटाङ– खोटाङका ३५ गाविसमा भूकम्पपछिको पुनर्निर्माणका लागि सर्वेक्षण सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका र ३५ गाविसका भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतको काम सकिएको हो।

ष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खटाएका ३४ इन्जिनियरमध्ये १८ जनाले काम पूरा गरेको जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका शिवनारायण महतोले बताए ।

भूकम्पपीडितको लगत संकलनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खटाएका ३४ इन्जिनियरमध्ये १८ जनाले काम पूरा गरेको जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका शिवनारायण महतोले बताए ।

‘अठार इन्जिनियरले काम पूरा गरेको कागजपत्र लिइसकेका छन्,’ महतोले भने, ‘बाँकी १० प्रतिशत गाविसमा पनि लगत संकलन धमाधम भइरहेको छ ।’ कतिपय भूकम्पपीडितको नाम दोहोरिएको, एउटा परिवारका दुई जनाको नाम परेको जस्ता कारणले पीडितको संख्या केही घट्ने अनुमान छ। पीडितको नामावली संकलन, प्रमाणीकरणलगायतका काम सकिए लगत्तैअनुदान सम्झौता हुनेछ।

इन्जिनियरले भूकम्पपीडितका घरमा पुगेर पीडितलाई एकदेखि पाँच वर्गमा वर्गीकरण गर्ने र ३ देखि ५ वर्गमा पर्ने लाभग्राहीलाई मात्र अनुदान उपलब्ध गराइने महतोले बताए । गाविस सचिवमार्फत अनुदान सम्झौता गरेर जिविसमार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाइएपछि पीडितले बैंकबाट पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाउँछन् । उनीहरुले तीन किस्तामा गरी तीन लाख अनुदान पाउने निर्णय भएको छ।

जिल्लाका १३ हजार ७ सय ९९ पीडितमध्ये हालसम्म १० हजार ६ सयभन्दा बढीको लगत संकलन र प्रमाणीकरण सकिएको छ । भूकम्प गएको १९ महिनापछि मात्र खोटाङमा पुनर्निर्माणका लागि सर्वेक्षण सुरु गरिएको हो ।

प्रकाशित: १ फाल्गुन २०७३ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App