८ वैशाख २०८१ शनिबार
राजनीति

महानिरीक्षक नियुक्तिमा मेरो संलग्नता छैनः देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा आफ्नो संलग्नता नभएको बताएका छन्।

‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो’, देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहँदैन र छैन।’

कानुनअनुसार मन्त्रिपरिषदमा नियुक्तिको अधिकार रहेको भन्दै विज्ञप्तिमा सञ्चार माध्यमले नियोजित रुपमा आफ्नो नाम जोडेकोमा उनले त्यस्ता समाचार झुटो भएको बताएका छन्।

सम्बन्धित पक्षसँग बुझेर मात्र समाचार प्रकाशित गर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

आज आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। त्यसको केही घन्टापछि सर्वोच्च अदालतले चन्दको नियुक्तिमा प्रश्न उठाउँदै सो निर्णय तत्तकाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

चन्दलाई महानिरीक्षक बनाउन कांग्रेस सभापतिको भूमिका देखिएको भनेर आलोचना हुन थालेपछि आइतबार अपरान्ह विज्ञप्ति आएको हो।
 
प्रकाशित: १ फाल्गुन २०७३ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App