८ वैशाख २०८१ शनिबार
अन्य

महानिरीक्षकमा चन्दको नियुक्ति तत्काल रोक्न सर्वोच्चको अादेश

काठमाडौं— सर्वोच्च अदालतले बरिष्ठतामा तेस्रो बरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजालसले आइतबार यस्तो आदेश दिएको हो।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजालसले आइतबार यस्तो आदेश दिएको हो।

चन्दलाई आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा नियुक्त गरेको थियो। एकै मितिमा प्रहरी निरीक्षकमा भर्ना भई हाल डिआइजी रहेका सबैको कार्यसम्पादन फाइल मगाउने आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतमा कपिलदेव ढकालले रिट दायर गरेका थिए।

सर्वोच्चबाट अन्तरिम अादेशको लिखित १ बजेसम्म अाएको छैन। लिखित नअाए पनि बहस टुंग्याउने क्रममा प्रधान न्यायाधीश कार्कीले कानुन व्यवसायीलाई अन्तरिम अादेश जारी हुने जानकारी गराएकी थिइन्।

अन्तरिम अादेश जारी भएसँगै अाजै अाइजिपीमा नियुक्ति भएका चन्दको पद धरापमा परेको छ।

प्रकाशित: १ फाल्गुन २०७३ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App