७ वैशाख २०८१ शुक्रबार
समाज

१२ कक्षाका विद्यार्थीद्वारा आत्महत्या प्रयास

सुमन मल्ल

फागुन— आइतवार बिहान सदरमुकाम गमगढीमा एक जना युवकले डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन्।

रोवा गाविस वडा नम्बर ५ रोवा स्थायी घर भई हाल गमगढी बजारमा बस्दै आएका १८ वर्षका हस्त बुढाले विहान ११ बजे डोरीमा झुण्डिएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दीर्घ बुढाको घरमा कोठा लिएर बस्दै आएका बुढा महाकाली उच्च माविमा कक्षा १२ मा अध्ययनरत थिए। उनले के कारणले आत्म हत्या प्रयास गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

कोठा भित्रबाट चुकुल लगाएर आत्म हत्या प्रयास गर्न खोजेका बुढालाई छिमेकी र बजारमा रहेको कालिका मालिका प्रहरी पोष्टबाट गएको प्रहरीले उद्धार गरेको थियो। बेहोस अवस्थामा रहेका बुढाको अहिले जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रकाशित: १ फाल्गुन २०७३ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App