७ वैशाख २०८१ शुक्रबार
समाज

माओवादी कार्यकर्तामाथि सिरहामा गोली प्रहार

लहान- माओवादी कार्यकर्तामाथि सिरहामा अज्ञात समूहले गोली प्रहार गरेको छ। मझलिया-४ अरङ्माका स्थानीय बासिन्दा ३० वर्षीय लालु खानलाई आज करिब ११ बजे मल्हनिया-२ मा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धी बज्राचार्यका अनुसार तीन वटा मोटरसाइकलमा आएको पाँच जनाको समूहले खानमाथि चार गोली प्रहार गरेका थिए। जसमा दुई गोली लागेको उनले बताए। खान ना३४प १३३४ नम्बरको मोटरसाइकलमा सवार थिए।

कन्चट र कम्मारमा गोली लागेको खानको मिर्चैयाको मंगलममा उपचार भइरहेको छ। डाक्टरका अनुसार उनी खतरामुक्त छन्। गोली हान्ने समूहको खोजीकार्य तीब्र पारिएको डिएसपी बज्रचार्यले जानकारी दिए। 

प्रकाशित: १ फाल्गुन २०७३ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App