८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल-भारतको ऊर्जासचिव बैठक

काठमाडौं- फागुन पहिलो साता काठमाडौंमा आयोजना हुन लागेको नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेन्डाका हुने भएको छ।

ऊर्जा मन्त्रालयका अनुसार दुई वर्षअघि भएको नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयनका लागि गठित सचिव नेतृत्वको र सहसचिव नेतृत्वको संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुनेछ।

यस्तै, काठमाडौंमा हुने समितिको चौथो बैठकमा हाल सञ्चालनमा रहेका अन्तरर्देशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा नयाँ प्रसारण लाइन निर्माणका विषयमा केन्›ित हुनेछ।

उक्त बैठकमा हालै सम्पन्न भएको कुशाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने बारेमा समेत छलफल गर्ने कार्यसूची तयार भएको मन्त्रालयले जनाएको  छ। कुशाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ। यस्तै लामो समयदेखि चर्चामा रहेको न्यु बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणबारे समेत छलफल गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७३ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App