८ वैशाख २०८१ शनिबार
खेल

फलोअन जोगाउने प्रयासमा बंगलादेश

हैदरावाद- कप्तान मुस्पि्ककर रहिम र मेहन्दी हसनले अर्धशतक पूरा गरेपछि शनिबार भारतविरुद्धको टेस्टमा बंगलादेश फलोअन जोगाउने प्रयासमा छ। ८१ रनमा अविजित रहेका रहिमले पाँचौं विकेटका लागि साकिब अल हसलसँग १ सय ७ रनको साझेदारी गरेका थिए। त्यस्तै रहिमले युवा खेलाडी हसनसँग सातौं विकेटका लागि ८७ रनको अविजित साझेदारी गर्दै बंगलादेशको इनिङ सम्मालेका छन्।१२ चौका प्रहार गरेका रहिम ८१ रनमा अविजित रहदाँ हसन ५१ रनमा अविजित छन्। हसनले १२ चौका प्रहार गरे।

तेस्रो दिनको समाप्तीमा बंगलादेश ३२२–६ को स्थितीमा छ। भ्रमणकारी टोलीलाई फालोअन जोगाउन अझै १ सय ६६ रनको अवश्यकता छ।

‘क्रिजमा रहेका दुई ब्याट्सम्यानले भोलिको पहिलो सेसनसम्म खेलिदिए हामीले १ सय २० रन जति जोड्न सक्छौं। त्यसो भएमा हामी फलोअन जोगाउन सक्षम हुने थियौं। जुन हाम्रो मुल्य लक्ष्य पनि हो,’ साकिबले भने, ‘पक्कै पनि अहिले भारत बलियो स्थितीमा छ। तर, अझै खैल्न बाँकी नै छ।’

घरेलु टोली भारतले दोस्रो दिन ६८७–६ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषण गरेको थियो। बंगलादेशका ओपनरले राम्रो गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्ने प्रयास गरेका छन्। ४१–१ को स्थितीबाट तेस्रो दिनको सुरुआत गर्दा बंगलादेशका तमिम इकबाल २४ र मोमिनुल हक १ रनको स्थितीमा थिए। इकबाल २४ रनमै रनआउट हुदाँ मोमिनुलले थप ११ रन जोडे। महमुदुल्लाहले २८ रन बनाए भने सविर रहमान १६ रनमा पवेलियन फर्किए।

‘कठिन परिस्थितीमा उनले निकै मिहिनेत गरेर खेले टोलीको इनिङ सम्हाले। आशा गरौं उनको यो प्रदर्शनले निरन्तरता पाउनेछ,’ कप्तान रहिमबारे सकिबले भने। भारतका उमेश यादवले २ विकेट लिए भने इशान्त शर्मा, रविचन्द्र आश्विन र रविन्द्र जडेजाले १/१ विकेट लिए।

प्रकाशित: १ फाल्गुन २०७३ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App