खाली पेटमा लिच्ची खाँदा मृत्यु

आइतबार, ०१ फागुन २०७३, १० : ११ नागरिक

हालैको एउटा शोधले देखाएअनुसार खाली पेट र कुपोषणले ग्रस्त बालबालिकालाई लिच्ची खुवाउनु हुँदैन। खुवाए तिनको ज्यानसमेत जान सक्छ। सन् १९९५ मा इन्डियाको विहार राज्यस्थित मुजफ्फरपुरमा फैलिएको मानसिक रोगका लागि लिच्चीलाई जिम्मेवार ठानिएको छ। तर यस शोधको विरोधमा कैयौँ प्रश्न नउठेका पनि होइनन्। ती प्रश्नको जवाफ भने अझै अन्धकारमै छन्।

सन् २०१७ को जनवरी ३० मा लेन्सेन्ट ग्लोबल हेल्थ जर्नलमा भारतीय राष्ट्रिय रोग नियन्त्रण केन्द्र र अमेरिकाको रोग नियन्त्रण तथा निषेध केन्द्रको संयुक्त जाँचको परिणाम प्रकाशित भएको थियो। रिपोर्टमा वैज्ञानिकहरुले १९९५ को घटनामा विषालु तत्वयुक्त लिच्ची खाली पेटमा खाँदा बालबालिका बिरामी परेका थिए। यस किसिमको रोग हरेक वर्ष लिच्ची पाक्ने/फल्ने बेलामा देखिन्छ।

त्यस क्षेत्रमा लिच्चीको उत्पादन भारतभरि नै बढी हुन्छ। लिच्ची बगैँचामा काम गर्ने कैयौँ मजदूर तथा लिच्ची बगैँचा वरपरका बालबालिकाहरुले आफ्नो भोक शमन यही लिच्चीले गर्ने गरेका कारण सोही बेला लू पनि चल्ने कारणले दोहोरो मारमा बालबालिका पर्ने गरेको अध्ययनको निष्कर्ष छ।

शोधकर्ताका अनुसार लिच्चीमा दुई किसिमका विषालु तŒव पाइन्छन्। हाइपोग्लाइसिन ए (एमपिसिए) र मिथायलिन साइक्लोप्रोपाइल ग्लाइसिन (एमसिपिजी) नामक यी तŒव सुरुमा अफ्रिका र वेस्टइन्डिजमा पनि पाइएका थिए। त्यहाँ पाइने ‘एकी’ फल खाँदा सर्वसाधारणलाई वाकवाकी लाग्ने पाइएको थियो। एकी फलमा भने एउटै टक्सिन एमपिसिए पाइन्छ।

विशेषज्ञहरूका अनुसार आधा पाकेको वा काँचो फलमा एमसिपिजीभन्दा बढी एमपिसिए पाइन्छ। काँचोमा यी विषाक्त वस्तु बढी हुने गर्छ। एमपिसिएले हाइपोग्लाइसिमिया अथवा कुनै मस्तिष्क रोग लाग्ने सम्भावना हुन्छ। यस किसिमको विषाक्त पदार्थ कति खाइन्छ त्यसमा मस्तिष्क रोग लाग्ने/नलाग्ने वा ढिलो/चाँडो लाग्ने गर्छ।

खासमा लिच्ची बगैँचा वरपरका सैयौँ बालबालिकाले लिच्ची खान्छन् तर तीमध्ये केहीलाई मात्र किन यस्तो रोग लाग्यो र ज्यान गुमाउनु पर्‍यो? केहीको धारणामा यसको मुख्य कारण ती बालबालिका कुपोषणले ग्रस्त हुनु हो।

हुन त राष्ट्रिय लिच्ची अनुसन्धान केन्द्र मुजफ्फरपुरका वैज्ञानिकहरुले लिच्ची खाँदा बालबालिकाको मृत्यु नै हुने सम्भावनालाई पूर्ण रुपमा अस्वीकार गरेका छन्। केन्द्रका वरिष्ठ वैज्ञानिक सुशीलकुमार पुरबेले ‘द एसियन एज’सँग कुरा गर्दै अध्ययन अधुरो र विरोधाभाषपूर्ण भएको टिप्पणी गरेका थिए।

जुन बेला यी घटना घटेका थिए र सयौँ बालबालिकाको मृत्यु भएको थियो, त्यसपछिको पूरै परिदृश्य परिवर्तन भइसकेको छ। सन् २०१६ मा ६० जना बालबालिकालाई मात्र लिच्ची खाएको आशंकामा अस्पतालमा भर्ती गरिएको थियो। तर यस शोध प्रकाशित भएपछि भने संसारभर हलचल मच्चिएको छ। सर्वसाधारणको मनमा संशय उत्पन्न भएको छ। विज्ञहरूले यसबारेमा अझै खोज र अनुसन्धान आवश्यक भएको र लिच्ची खाएकै कारणले बालबालिकाको मृत्यु हुनु अनौठो घटना भएको टिप्पणी गरेका छन्।

लिच्चीका कारण ती बालबालिकाको ज्यान गएको होइन भने आखिर के कारणले तिनको ज्यान गएको हो त? संसार चकित छ!






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad