coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सलबलाउन थाले गुण्डा

काठमाडौं – प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाईके मारिएपछि गुमनाम रहेका गुण्डा नाईके  सलबलाउन थालेका हुन। प्रहरी मुठभेडमा  गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैटे’ मारिएपछि डरले भागेका गुण्डा नाईके हाल आएर एकआपसमै भिड्न थालेका छन्।

काठमाडौंमा शुक्रबार सुरक्षित र संम्बेदनशिल मानिएको दरबारमार्ग क्षेत्रमै काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ। गिरीसँग पुरानो रिसिइवी फेर्न मौका पर्खेका दावा भन्ने जितेन्द्र लामाको नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो। गिरी संचालक रहेको कल्ब डेजावु आएको दावा समूहले सामान्य विवादमा आक्रमण गरेको हो। कुनै समय ठमेललाई बलियो आधारक्षेत्र बनाएर रात्रीकालिन ब्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समूहलाई गिरीले पन्छाउँदै गएका थिए। प्रहरी–प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन ब्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ ।

दरबारमार्ग वृत्तका प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले घटना सामान्य झगडा भएको बताए। उनले घटनामा गिरी घाईते भएको बताउँदै लामा र उनका सहयोगी प्रविण खड्का पक्राउ परेको जानकारी दिए।

‘सामन्य झगडा भएको हो, एकजना घाइते र दुईजना पक्राउ परेका छन, आवश्यक कारवाही हुदैछ,’ डिएसपी मगरले भने।

राजनीतिमा सक्रिय रहेका गुण्डा नाईके गणेश लामाले बनाएको काभ्रेली समूहमा आवद्ध रहेका दावा तीन महिना अघि मात्र लागुऔषध मुद्दामा कारागार बसेर निस्किएका थिए। ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई ज्यानमार्ने उद्योगमा प्रहरी खोजीमा रहेका दावा लागुऔषध सहित फेला परेका थिए।

पक्राउ परेका दावा र गिरी दुबै नेपाली कांग्रेस निकट हुन। पक्राउ परेका दावालाई कारवाही नगर्न कांग्रेसका नेताले दवाब दिएको परिसर स्रोतले बतायो। स्रोतका अनुसार एसएसपी छबिलाल जोशी आफै दावालाई कारवाही नगर्ने पक्षमा रहेका छन्।

तर एसएसपी जोशी भने दुबै पक्ष आपराधिक पुष्ठभुमिका भएकाले दुबै समूह अनुसन्धानको दायरामा रहेको बताए। उनले घाईते भएका गिरी र दावा दुबैलाई कारवाहीगर्ने पक्षमा प्रहरी रहेको दाबी गरे । उनले आफुलाई कसैले दवाब नदिएको र आफु पनि कसैलाई छाड्ने पक्षमा नरहेको बताउदै भने।

‘दुबै पक्षका बिषयमा अनुसन्धान हुन्छ, कुनै पक्ष मेरो नातेदार पनि होईन, छोड्न मलाई कतैबाट दवाब पनि आएको छैन, कानुन अनुसार कारवाही हुन्छ,’ जोशीले नागरिकसँग भने ।

 

 

 

 

प्रकाशित: २९ माघ २०७३ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App