स्वदेशमै भविष्य देखे युवा फर्कन्छन्ः मन्त्री जोशी

शनिबार, २९ माघ २०७३, १९ : ०६ नागरिक

पोखरा– उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गरे।

उद्योग मन्त्रालय, नेपाली युवा उद्यमशीलता मञ्च, स्टार्ट अफ इकोसिस्टम डेभलपमेन्ट कमिटी र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा शनिबार यहाँ आयोजित नेपालमा स्टार्ट अफ इकोसिस्टम विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब १० वर्षभित्र नेपाली युवा मजदुरी गर्नकै लागि विदेशमा जान नपर्ने वातावरण बनाउन सबै राजनीतिक दलको प्रतिबद्धताको खाँचो औंल्याए।

राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब नेपाली जनताको जीवन समृद्ध कसरी बनाउने भन्ने सोचाइमा लाग्नुपर्नेमा जोड दिँदै उनले सबैले राष्ट्रको उत्थान र नेपाली जनताको जीवन सुखमय बनाउनेतिर अग्रसर हुनुपर्ने विचार व्यक्त गरे।

उनले युवा वर्गमा देशमा केही गरौँ भन्ने भावना जागृत हुन सक्यो र उद्योग धन्दामा स्रोत र साधन प्रयोग हुन थाल्यो भने नेपाल पनि अन्य देशभन्दा कदापि पछि नपर्ने विश्वास दिलाए।

उद्योग मन्त्री जोशीले औद्योगिक प्रवद्र्धन ऐनअन्तर्गत लघुउद्यम दर्ता प्रक्रिया सुरु गरिसकिएको र एक महिनाभित्र एक लाखभन्दा बढी लघु उद्यमीको दर्ता गरिने जानकारी गराए।

उद्योग राज्यमन्त्री कञ्चन वादेश्रेष्ठले स्थानीय श्रम र सीप परिचालन गरी उद्योगधन्दा सञ्चालन गरेर युवालाई बिदेशिनबाट रोक्नेतिर सबैको सोचाइ हुनुपर्ने धारणा राखे।

पुराना ऐन कानुन परिवर्तन गरेर युवालाई उद्यमशील बनाउने र उद्योग तथा कलकारखाना खोल्नुपर्छ भन्ने प्रेरणा जगाउनेतर्फ उद्योग मन्त्रालय अग्रसर रहेकोमा उनको जोड थियो ।

कार्यक्रममा उद्यमीहरु आसुतोष तिवारी, ओमराज भण्डारी, विश्वशङ्कर पालिखे, प्रकाशदेव पालिखे, अशोक पालिखेलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थियो । रासस







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad