coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चक्कु प्रहार गरी २७ वर्षीषा महिलाकाे हत्या

दाङ– दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ।

दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिएका छन्। रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन्। उनको गएराति हत्या भएको प्रहरीले बताएको छ।

चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खतसमेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ असार २०७३ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App