नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त बैठक

क्रसबाेर्डर ट्रान्समिशन लाइन नै प्रमुख एजेण्डा

शनिबार, २९ माघ २०७३, १६ : ४३ नागरिक

काठमाडौँ– नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ ।

दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ।

यस्तै हालै सम्पन्न भएको कुशाहा–कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने बारेमा समेत छलफल गर्ने कार्यसूची तयार भएको छ। कुशाहा कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । यस्तै लामो समयदेखि चर्चामा रहेको न्यू बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणको बारेमा समेत छलफल गरिने ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।

प्रवक्ता घिमिरेकाअनुसार सञ्चालनमा रहेका अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा नयाँ प्रसारण लाइन निर्माणका विषयमा नै बैठक केन्द्रित हुने छ । बैठक आगामी फागुनको पहिलो साता काठमाडौँमा आयोजना गरिएको छ ।

दुई वर्षअघि भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिव नेतृत्वको समिति र सहसचिव नेतृत्वको समितिको चौथो बैठक काठमाडौँमा आयोजना गरिएको हो। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad