७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिकाः मन्त्री थापा

पोखरा– स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बएका छन्।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको शनिबार विमोचन गर्दै उनले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई नयाँ संविधान दिन नेतृत्व गरेको काँग्रेसले यसको कार्यान्वयनलाई पनि आफ्नो प्राथमिकतामा राख्दै अघि बढेको चर्चा गरे।

हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने बताउँदै उनले केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक भएको विचार व्यक्त गरे।

नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले बोलेका थिए। रासस

प्रकाशित: २९ माघ २०७३ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App