८ वैशाख २०८१ शनिबार
कला

इटहरीमा नाटक उत्सव सुरु

इटहरी- सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे। 

नाट्य विधा शिक्षाको पाठ्यक्रममा समेटिएपनि नाटकको प्रयोगात्मक कार्य नहुँदा नयाँ पुस्ताको उपस्थिती कमजोर भएकाले गर्दा उत्सव गरिएको हो। समेरु कला सरोवर संस्था काठमाडौंले सुनसरीका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षक गरि ३५९ जनालाई प्रशिक्षण दिएर नाटक उत्सव गरेको हो।

वाईवाई चाउचाउको सहकार्यमा भएको नाटक उत्सवमा हरेक विद्यालयले १५ मिनेटको नाटक मञ्चन गर्ने आयोजक संस्थाका शुवलमणी सापकोटाले बताए। उनका अनुसार, सात दिनसम्म सुनसरीकै एक सय चारवटा विद्यालयले नाटक मञ्चन गर्नेछन्।

 ‘नयाँ पुस्ताको उपस्थिती नाटक क्षेत्रमा कमजोर भएको अवस्थामा विद्यार्थीसँगै एउटा विद्यालयबाट एक जना शिक्षकलाई प्रशिक्षण दिएर सुनसरीबाट अभियान थालिएको हो,’ सापकोटाले भने, ‘यस्तो अभियानले निजी र सामूदायीक विद्यालयबीचका विद्यार्थीबीच मिलेर प्रतिभा प्रस्फुटन गर्न सघाउँ पुर्‍याउँछ। साथै विद्यार्थीमा सहकार्यको भावना विकास गराउँछ।’ नाटक मञ्चन गर्ने विद्यालयका विद्यार्थी र शिक्षकलाई विभिन्न चरणमा वरिष्ठ रंगकर्मी बद्री अधिकारीको नेतृत्व टोलीले प्रशिक्षण दिएको थियो।

विद्यालयका विद्यार्थी र शिक्षकलाई नाटकमा प्रशिक्षण दिएर देशव्यापी अभियान थाल्ने तयारी भइरहेको समेरु कला सरोवर संस्थाले जनाएको छ।

 

प्रकाशित: २८ माघ २०७३ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App