सरकार परिवर्तन हुँदैन– प्रधामन्त्री अाेली

बिहिबार, २३ असार २०७३, १४ : ३८ नागरिक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ ।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने– “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै उनले भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि उपयुक्त बाटो पहिल्याउन गोष्ठीमा हुने छलफल उपयोगी हुने विश्वास व्यक्त गरे।

भूमिसुधार तथा व्यवस्थापनमन्त्री रामकुमार सुब्बाले मुलुकमा सबै नागरिकको अचल सम्पत्तिको सुरक्षा गर्ने दायित्व आफ्नो मन्त्रालयको भए पनि स्रेस्ता प्रणाली भरपर्दो नरहेको गुनासो गरे।

राज्यमन्त्री विक्रमबहादुर थापाले जमिन नभएका सुकुम्बासी किसानलाई व्यवस्थित गर्न चुनौती रहेको स्वीकार्दै जग्गा धनीपुर्जा पाउनैपर्ने कतिपयले अझै पाउन नसकेको बताए। सहायकमन्त्री दिनेश श्रेष्ठले भूमिसुधारका क्षेत्रमा विद्यमान समस्यालाई वैज्ञानिक ढङ्गमा समाधान गर्नुपर्नेमा जोड दिए।

सांसद बद्री पाण्डेले भूमिहीनको स्वामित्वमा कसरी भूमि व्यवस्थापन गर्ने भन्ने विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने बताए। अर्का सांसद केशव बडालले जमिनको उत्पादकत्व वृद्धि हुने गरी भूमिहीनलाई सामाजिक न्यायका आधारमा भूमि वितरण गरिनुपर्ने सुझाव दिए।

राष्ट्रिय योजना आयोगका सदस्य विजय कुँवरले सबैको प्रयासबाट बनेका भू–उपयोग नीतिलाई कार्यान्वयनमा लानुुपर्नेमा जोड दिए। रासस





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad