coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली एसपी को यस्तो ठगी धन्दा

उदयपुर- श्रीमान विदेशमा भएकी एक महिलाको भएभरको सम्पत्ति ठगिसकेपछि भारत लगेर बेचेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान विदेशिएको मौका पारेर अनेक प्रलोभन देखाउँदै पत्नीबाट लाखौं सम्पत्ति ठगेर अन्तिममा उनैलाई भारतमा लगेर बेचेको आरोपमा त्रियुगा नगरपालिका ४ भुसुनेका ध्रुब भन्ने चुडामणि बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

४१ वर्षीय बस्नेतलाई त्रियुगा नगरपालिका ५ पोर्ताहाकी एक महिलालाई ठग्दै भारत लगेर बेचेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको सिलसिलामा ०५८ सालमा साउदी अरेवीया गएका श्रीमानले पठाएको रकमबाट जोडेको र पुख्र्यौली सम्पति सबै बस्नेतले बिभिन्न प्रलोभनमा पारेर ति महिलाबाट ठगी गरेको उजुरी बस्नेतमाथि परेको छ। बस्नेतले ४ कठ्ठा घडेरी, त्रिनपा ३ स्थित बोटेटोलको पक्की घर, सुनचाँदी, नगदसमेत हिनामिना गरिदिएको उजुरीमा खुलाईएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार भएभरको सम्पत्ति मासिसकेपछि भारतको सिलीगुडी लगेर बिक्री गरेको आरोप पनि बस्नेत माथि भएको जनाए।  पति साउदीमा रहेका बेला पत्नीलाई जग्गा प्लटिङमा साझेदारी गर्दा केही महिनाभित्रै करोडपति बनाईदिने प्रलोभन देखाएर बस्नेतले उनीसँग भएको सबै जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएको प्रारम्भिक बयानमा खुलेको छ। सवा करोडबढी मूल्य बरावरको घरजग्गा र नगद तथा सुनचाँदी बस्नेतले आचार्यबाट ठगी गरेको आरोप उजुरीमा रहेको एसपी केसीले बताए।

बस्नेतकै आग्रहमा घुम्न जान भनेर भारत गएकी ति महिलालाई काकडभिट्टामा पुगेपछि बान्ता आउन रोक्ने औषधि भन्दै विषालु पदार्थ सेवन गराएर बेहोस पारेको र होस खुल्दा एकैचोटी सिलीगुडीको एक होटलमा आफुलाई पाएको ति महिलाले उजुरीमा उल्लेख गरेकी छन्। होटल सञ्चालकले नेपालीले ४ लाख ५० हजारमा बेचेको बताएपछि साउदीस्थित श्रीमानलाई फोन सम्पर्क गरी आफु बेचिएको कुरा जानकारी दिएकी थिईन्। श्रीमति बेचिएको थाहा पाएपछि नवराज साउदीबाट फर्केर भारत गई ३ वर्षसम्म त्यही काम गरेर उक्त रकम फिर्ता गरेर होटलबाट छुटकारा लिएको दम्पतिको भनाई छ।

४ वर्षपछि भारतबाट फर्केर उनी न्याय माग्दै प्रहरी कार्यालय पुगेकी थिईन्। ‘मलाई बिभिन्न प्रलोभन देखाएर बस्नेतले सबै सम्पत्ति लुट्यो’ प्रहरी कार्यालयमा उनले भनिन् ‘सबै सम्पत्ति सकेपछि जाउँ इन्डीया घुम्न भन्दै बस्नेतले उता लग्यो। म त घुम्न जाने होला भनेको त्यहाँ लगेर अपराधीले बेचेको पो रहेछ।’

पीडित महिला र उनका श्रीमानको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। एसपी केसीले बस्नेतमाथि मानव बेचविखन तथा सामाजिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताए। प्रहरीका अनुसार बस्नेत यसअघि पनि ठगी आरोपमा पक्राउ परी छुटेका हुन्।

एसपी हुँ, कतै डिएसपी हुँ भन्दै सर्वसाधारणलाई ठग्दै विचौलिया भएर पैसा खाईदिने काम गर्ने बस्नेतको व्यवसाय भने जग्गा दलाली गर्ने गरेको प्रहरीले जनाएको छ । ‘एसपी, डिएसपी भनेका मै हुँ’ भन्दै ठगी हिडेको आरोपमा प्रहरीले गत भदौमा रंगेहात पक्राउ गरी कारबाही चलाएको थियो । तर, १५ हजार धरौटीमा केहीदिनपछि छुटेका उनको चर्तिकाला फेरि सुरु भएको प्रहरी भनाई छ।

 

प्रकाशित: २८ माघ २०७३ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App