सिरहामा १७ हजार कुखुराको बीमा

शुक्रबार, २८ माघ २०७३, १४ : ३३ नागरिक

लहान– सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बीमा गरिएको छ।

बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बिमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिए।

पशुतर्फ १९९ गाई, ४० वटा भैँसी, २०४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ । बाली र पशुपक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने तथा २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था छ।

पशुतर्फ रु. एक करोड ४६ लाख ५८ हजार, पक्षीतर्फ (कुखुरा फार्म) रु ४६ लाख २५ हजारको बिमा भएको लहानस्थित लुम्बिनी जेनरल इन्स्योरेन्सका शाखा इन्चार्ज अनिलकुमार यादवले बताए।

अहिलेसम्ममा प्रिमियमस्वरुप पशुतर्फ रु सात लाख ३२ हजार र कुखुरा फार्मतर्फ रु ६९ हजार सङ्कलन भएको छ। केही समय अगाडी इटाटार गाविसमा माछा पोखरीको समेत बिमा गरिएको छ। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।