७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

लस एन्जेल्स्—अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ। 

नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो। 

नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो । 

आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझैपनि दाउमै छ ।” उहाँको यो भनाईले सो मुद्धा अब सर्वोच्च अदालतमा लगिने संकेत गरेको छ । 

ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनको लागि प्रवेशप्रतिवन्ध गराउनु भएको थियो। राष्ट्रपति ट्रम्पले गत जनवरी २७ मा आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न भन्दै मुसलमान बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउनु भएको थियो । 

अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरुबाट आतङकवादीहरुको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको तर्क गरेको छ । 

अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरी आलोचनाको पात्र बन्नु भएको छ । रासस÷एएफपी 

 

प्रकाशित: २८ माघ २०७३ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App