coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

बेइजिङ- अमेरिका र चीन बीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारको प्रयास भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनियाँ राष्ट्रपति सि जिङपिङसँग राष्ट्रपति भएपछि पहिलोचोटी सम्बन्ध सुधारको प्रयासस्वरुप औपचारिक रुपमा पत्र लेखेका छन्।

चीनियाँ राष्ट्रपति सी जिङपिङले ट्रम्पलाई राष्ट्रपतिमा नियुक्त भएपछि दिएको बधाईका लागि धन्यवादसहित चीन र अमेरिकाबीच सुमधुर सम्बन्ध कायम हुनेमा विश्वस्त रहेको व्यहोरा पत्रमा लेखिएको बताइएको छ।

यद्यपी गत जनवरी २४ मा अमेरिकाको राष्ट्रपतिको सपथ लिएपछि विश्वका विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग प्रत्यक्ष वा टेलिफोन वार्ता गरेतापनि राष्ट्रपति ट्रम्पले आजसम्म चीनियाँ राष्ट्रपति सी जिङपिङसँग औपचारिक रुपमा भने कुनै वार्ता गरेका छैनन्।

चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति ट्रम्पको पत्र चीनका लागि एकदमै महत्वपूर्ण भएको बताएका छन्। उनले चीनियाँ लुनार नयाँ वर्षका अवसरमा चीनियाँ नागरिकलाई शुभकामना पत्र पठाएकोमा पनि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिदै दुई देशको सम्बन्ध एकमात्र विकल्प रहेको बताएका छन्। 

अमेरिकाले चीनियाँ व्यापार र नीतिको विरोध गरिरहेकै बेला प्रेषित उक्त पत्रले कूटनीतिक रुपमा अमेरिका र चीनको सम्बन्ध सुधार हुने विश्वास गरिएको छ।

पछिल्ला केही महिना ट्रम्पले बेइजिङको संवेदनशील विषय ताइवान र दक्षिणी चीनियाँ समुन्द्रका बारेमा चुनौति दिएका थिए जसले चीन प्रशासन अमेरिकासँग असन्तुष्ट रहेको थियो। पछिल्लो एक दशकसम्म चुनावी अभियानमा रहेका राष्ट्रपति वा निर्वाचित राष्ट्रपतिले नगरेको काम ट्रम्पले ताइवानका राष्ट्रपति साइ–इङ्ग–वेनसँग टेलिफोन वार्ता गरेर चीनलाई क्रुद्ध बनाएका थिए। चीनले ताइवानलाई अहिलेपनि चीन अधिनस्थ राज्यका रुपमा लिने गर्दछ र शक्ति प्रयोग गरेर भएपनि चीनमा गाभ्ने मान्यता राख्दछ। अमेरिकाले ताइवानसँग सन् १९७९ मा औपचारिक सम्बन्ध तोडेको थियो। 

राष्ट्रपति सीसँग सम्बन्ध कायम गर्न इच्छुक रहेको, अमेरिका र चीनबीचमा रचनात्मक सम्बन्ध कायम होस् भन्ने चाहेको र दुवै अमेरिका र चीनलाई फाइदा हुने वातावरण निर्माणका विषयवस्तु राष्ट्रपति ट्रम्पले पठाएको पत्रमा लेखिएको ह्वाइट हाउसले बताएको छ। उनले पत्रमा चीनियाँ नागरिकलाई उनीहरुको नयाँ लुनार वर्षको अवसरमा शुभकामना पनि व्यक्त गरिएको बताइएको छ। लुनार वर्ष गत आइतबार औपचारिक रुपमा समपन भएको थियो। राष्ट्रपति ट्रम्पको यो पत्रले उनको राष्ट्रपतीय निर्वाचन अभियान र राष्ट्रपति निर्वाचन पछिको चीन विरोधी अभिव्यक्तिसँग बाझिएको छ।

राष्ट्रपति पदको सपथ लिनुभन्दा अघि गत डिसेम्बरमा ट्रम्पले श्रृंखलाबद्ध ट्विट गर्दै चीनिया नीति र दक्षिण चीन सागरमा उसको गतिविधिको विरोध गरेका थिए। उनले एक चीनियाँ नीति प्रति पनि प्रश्न उठाएका थिए। जनवरी २० मा सपथ लिए लगत्तै ट्रम्पले दक्षिण चीन सागरमा चीनले गरिरहेको अतिक्रमणको विरोध गरेका थिए। प्रतिउत्तरमा बेइजिङले ट्रम्पको उक्त धारणामा आपत्ति जनाउँदै अमेरिकालाई चीनसँग राम्रो सम्बन्ध बनाइ राख्न भनेको थियो। बेइजिङले ताइवानी राष्ट्रपतिसँगको टेलिफोन वार्तालाई पनि विरोध गरेको थियो।

प्रकाशित: २८ माघ २०७३ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App