coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पारसको कप्तानीमा केन्यासँग खेल्न नेपाली टोली छनोट

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बिहीबार २४ खेलाडीले सफलता हासिल गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधी बैंकटपति राजु नेपालका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितीले ५२ जनाबाट २४ खेलाडी छनोट गरेको हो। यसअघि माघ ४ गते ५२ खेलाडीलाई ४ टिममा विभाजन गरी छनोटका लागि सुपर लिग प्रतियोगता गराइएको थियो।

यसबीचमा खेलाडीले सुपर लिग खेल्नुका साथै श्रीलंकालाई १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका प्रशिक्षक डेभ ह्वाटमोरबाट २ हप्ता ‘हाई परफर्मेन्स तालिम’ लिएका थिए।

पाका खेलाडी मेहबुब आलम २४ जनाको टोलीमा पर्दा नेदरल्यान्ड्सविरुद्धको खेल खेलेका अनिलकुमार मन्डल र राजु रिजाल फ्याकिएका छन्। त्यस्तै, सुवाश खकुरेल, नरेश वुढाऐर, सिद्धन्त लोहनी र प्रदीप ऐरी पनि अन्तिम २४ मा समेटिएका छैनन्।

नेपालले मार्च ११ र १३ मा केन्याविरुद्ध कीर्तिपुरमा खेल्ने भनिए पनि अझै पक्का भइसकेको छैन। ८ टोली सम्मिलित प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ। ८ खेल सकिँदा ३ जीत र ५ हारसँगै नेपालको ६ अंक छ। १२ अंकका साथ पपुवा न्युगिनी शीर्ष स्थानमा छ भने समान १२ अंक जोडेको नेदरल्यान्डुस रनरेटका आधरमा दोस्रो स्थानमा छ। समान ११ अंक जोडेका हङकङ र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्। केन्या ८ अंकका साथ पाँचौं स्थानमा छ। समान २ अंक जोडेका नामिबिया र यूनाइटेड अरब इमिरेट्स (युएई) सातौं र आठौं स्थानमा छन्।

पारस खड्काको कप्तानीमा घोषणा गरिएको प्रारम्भिक टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, अमित श्रेष्ठ, सुशन भारी, दीलिप नाथ, मेहबुब आलम, करण केसी, आसिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषावकर, कुशल भुर्तेल, विक्रम सोब, शक्ति गौचन, अभिनाष कर्ण, सोमपाल कामी, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, राजेश पुलामी, विनोद भण्डारी र सन्दीप लामिछाने छन्।

प्रकाशित: २८ माघ २०७३ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App