७ वैशाख २०८१ शुक्रबार
खेल

भारतको प्रभावशाली सुरुआत

हैदराबाद- मुरली विजय र कप्तान विराट कोहलीको शतकप्रेरित भारतले बिहीबार हैदराबादमा शुरु बंगलादेशविरुद्धको  टेस्टमा भ्रमणकारी टोलीका बलरलाई निरिह बनाएको छ। बंगलादेशलाई टेस्टका लागि पहिलो पटक आतिथ्य प्रदान गरेको भारतले पहिलो दिनको खेल सकिँदा ३ विकेट गुमाएर ३ सय ५६ रन बनाएको छ। कोहली १ सय ११ रनमा अविजित रहँदा अजिन्क्या राहने ४५ रन बनाएर क्रिजमा छन्। बंलादेशलले दिनको पछिल्लो १० ओभरमा मात्र ७१ रन दिएको थियो।

जुलाईयता ३ दोहोरो शतक पूरा गरिसकेका कोहलीले १६औं टेस्ट शतक पूरा गर्नु अघि चेतेश्वार पुजारा र मुरली विजयसँग मिलेर भारतलाई ठूलो योगफलतर्फ डोर्‍याएका थिए। १२ चौका प्रहार गरेका कोहलीले ७० बलमा अर्धशतक पूरा गरेका थिए भने अर्को ६० बलमा शतक पूरा गरे। उनले यो वर्ष आफ्नो १५ इनिङमा १ हजार रन पूरा गरेका छन्।

विजय र पुजाराले दोस्रो विकेटका लागि १ सय ७८ रनको साझेदारी गरे। १२ चौका र १ छक्का प्रहार गरेका विजयले १ सय ८ रन बनाउँदा ९ चौका सहित ८३ रन बनाएका पुजारा मेहदी हसनको बलमा मुस्पि्ककर रहिमबाट समातिए। इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा २ शतक पूरा गरेका पुजाराले यो सिजनमा १ हजार ६ सय ४ रन बनाइसकेका छन्।

‘कोहलीले खेलेको हर्न सधै राम्रो लाग्छ। उनले खेलको मोड परिवर्तन गरिदिन्छन्,’ कोहलीसँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका विजयले भने, ‘३ सय ४० राम्रो स्कोर हो भन्ने मलाई लागेको थियो। तर कोहलीले १०/२० बढी बनाए। आशा गरौं उनले भोली अझै राम्रो प्रदर्शन गर्नेछन्।’

प्रकाशित: २८ माघ २०७३ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App