८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बेलायत इयूबाट बाहिरिनु मुख्य कारण मूल्य वृद्धि

एजेन्सी –अमेरिकी कम्पियुटर उत्पादक कम्पनी डेल र चाइनिज स्मार्टफोन कम्पनी वान प्लसले बेलायतमा आफ्नो उत्पादको मूल्य वृद्धि गर्ने बताएकाछन्। उनीहरुले मूल्य बढ्नुको प्रमुख कारण बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनु रहेको पनि बताएका छन्। बेलायतमा आफ्नो उत्पादन पुर्याइरहेका अन्य कम्पनीले पनि चाँडै नै आफ्नो उत्पादको मूल्य बढाउने बताएका छन्। अर्थबिद्ले भने मूल्य अझै उच्च विन्दुमा पुप्ने बताएका छन्।

बुधबार अमेरिकी डलरको तुलनामा पाउण्ड विगत ३१ वर्ष कै सवै भन्दा कम बिन्दुमा झरेको थियो।  डेलका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै आफ्नो उत्पादनको मूल्य अमेरिकी डलरमा निर्धारण गरिएको तर दुर्भाग्यवश पाउण्ड तथा अन्य एसियाली राष्ट्रहरुको मुद्राको तुलनामा अमेरिकी डलर बढेको र बेलायतले इयू छाड्दा त्यसको प्रत्यक्ष असर आफ्नो उत्पादनको मूल्यमा परेको बताए। उनले यसबाट बेलायती व्यापारी केही समस्यामा परेको र उनीहरुको समस्या साधनकालागि आफूहरु कसरी उचित मूल्यमा आफ्नो उत्पादनहरु उपलब्ध गराउने भन्ने बारे छलफलमा रहेको पनि उनले बताए।
वान प्लसले भने जुलाई ११ बाट आफ्नो नयाँ उत्पादन  वान प्लस थ्री  ३२९ युरोमा बिक्री गर्ने जनाएको छ। उसले बेलायत इयूबाट बाहिरिएपछि बजारमा मुद्राहरुमा आएको उतार चढावसँगै आफूहरु वान प्लस थ्री को मूल्य बढाउन बाध्य भएको आफ्नो वेभसाइटमा जनाएको छ।
इन्ट्रो २०२० ले पनि आफ्नो उत्पादनमा १० देखि १२ प्रतिशत मूल्य बढाउने जनाएको छ।


कम्पनीका जनरल म्यानेजर जिम म्याकेले बीबीसीसँग कुरा गर्दै  आउँदो अगस्ट १ बाट आफ्नो उत्पादनको मूल्य बढाउन लागेको र यसले आफ्ना उत्पादनमा केही असर नगर्ने जनाएका छन्। विभिन्न कम्पनीले आफ्नो उत्पादन मूल्य बढाएसँगै प्रविधिका सामाग्रीहरुको बिक्री वितरणमा केही असर गर्ने विज्ञले जनाएका छन्।

 

प्रकाशित: २३ असार २०७३ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App