coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवन पनि लाेडसेडिङ मुक्त

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बिहीबारदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिए।

उनले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बुधबार भएको कार्यक्रममा एक/दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो ।

विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको निर्देशनअनुसार बिहीबारदेखि विद्युत्भार कटौतीमुक्त गरिएको बताए।

“दुईवटा औद्योगिक फिडर बाँकी छ, यसको पनि काम भइरहेकाले त्यो फिडरमा पनि छिट्टै हामी विद्युत्भार कटौती अन्त्य गर्दैछौँ”– पौडेलले भने।

चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत् मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । भरतपुरमा कुल रु एक अर्बको विद्युत् कारोबार हुनेगरेको इन्जिनियर पौडेलले बताए। चितवनमा प्राविधिक चुहावट ३ प्रतिशत छ ।

विद्युत् प्राविधिक भरतपुर वितरण केन्द्रले आज एक सार्वजनिक सूचनासमेत जारी गरेर विद्युत्भार कटौतीमुक्त भएको जानकारी दिएको हो । यसलाई व्यवहारमा लागू गर्ने सर्वसाधारणले पनि विद्युत् खपतलाई कम गर्नेतर्फ लाग्न भनिएको छ । यसअघि सरकारले काठमाडौँ र पोखरालाई विद्युत्भार कटौती मुक्त गरिसकेको छ ।

विगतमा ३९ प्रतिशत चुहावट भएकोमा पछि चोरी नियन्त्रण अभियान सञ्चालन गरेर चुहावटलाई घटाएको हो । जिल्लामा सडक बत्तीबाट ठूलो रकम उठ्न बाँकी छ । रासस

प्रकाशित: २७ माघ २०७३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App