coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेसबुकमा ‘स्टाटस’ लेखेर हिँडेका विद्यार्थी नेताको सडक दुर्घटनामा निधन

बाईक दुर्घटनाका कारण ज्यान गुमाएका विद्यार्थी नेता मिलन राई। तस्बिरः रार्इकाे फेसबुकबाट

खोटाङ– सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

भक्तपुरको ठिमीबाट बिहान ३ः१६ मिनेट जाँदा फेसबुकमा उनले स्टाटस लेखे– ‘के–के सोच्दैछु तिमीले यो काठमाण्डौंमा ल्याएर बिचल्लीमा पर्यौ ठिकै छ.......!’

स्टाटस लेखेर हिँडेका राई भक्तपुरमै सडकको डिभाइडरमा बाईकसँगै ठोक्किएका थिए। राई अखिल अनेरास्ववियुका केन्द्रीय सदस्य हुन्। दुर्घटनापछि न्यूरो अस्पतालमा पु¥याइएका राईलाई थप उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको थियो।

४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । राईसँगै बाईकमा सवार उनका आफन्त भने सामान्य घाइते भएका छन् ।

क्म उमेरमै पार्टीभित्र कुशल संगठक, जुधारु र इमानदारको नेताको परिचय बनाएका राईको निधनले पार्टी र संगठनलाई अपुरणीय क्षती पुगेको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए।

अखिलका बिद्यार्थीहरुले भने तनावमा स्टाटस लेखेको र तनावकै कारण दुर्घटना भएको आशंका गरेका छन् ।

उनी लामीडाँडा निबासी हुन्। स्वास्थ्यमा सुधार आउन थालेको भनिएको केही समयपछि भएको राईको मृत्युले शुभेच्छुकलाई स्तव्ध बनाएको छ।

 

प्रकाशित: २७ माघ २०७३ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App