७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्य निरुपण आयोगको म्याद थप्न मन्त्रिपरिषद बस्दै

काठमाडौं—द्वन्द्वकालमा भएका मानव अधिकारका गम्भीर उल्लंघन घटनाको छानविन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप गर्न बिहीबार मन्त्रिपरिषद बैठक बस्दैछ।

आयोगले वेपत्ता व्यक्तिहरुको खोजी गर्न आधुनिक प्रविधिको फरेन्सीक ल्याब निर्माणको कार्य अघि बढाएको थियो।

२०७१ माघ २७ गते गठन भएको आयोगको म्याद अाज बिहीबार मन्त्रिपरिषदले थप गर्नु पर्ने हुन्छ। शुरुमा एक वर्षको म्याद पाएको आयोगले हालसम्म उजुरी संकलनको काम मात्र गरेको छ।

सत्य निरुपण आयोगमा करिव ५८ हजार उजुरी दर्ता भएको छ भने वेपत्ता आयोगमा पनि २८ हजार उजुरी दर्ता भएका छन्। सत्य निरुपणले विस्तृत अध्ययनका लागि सात वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको थियो। वेपत्ता आयोगले वेपत्ता व्यक्तिहरुको खोजी गर्न आधुनिक प्रविधिको फरेन्सीक ल्याब निर्माणको कार्य अघि बढाएको थियो।

यसअघि दुवै आयोगले ऐनमा उल्लेख भएको व्यवस्था अनुसार एक वर्ष म्याद थप गर्न पत्राचार गरेको थियो। प्रहरी महानिरिक्ष को हुने भन्ने विवादमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद थप मर्कामा परेको बताइए पछि बिहीबार ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो।

प्रकाशित: २७ माघ २०७३ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App