लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

बिहिबार, २७ माघ २०७३, १५ : ०२ नागरिक

महोत्तरी—दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन्।

बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश कापरले आफ्ना १९ वर्षीया छोरी अमृताकुमारी कापरको विवाह समारोहमा ज्वाइँलाई एक थान लैनो भैँसी दिन नसक्दा बेहुलाका बुबा तथा बेहुलाले अमृतालाई छोडेर गएपछि विवाह रोकिएको थियो।

बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश कापरले आफ्ना १९ वर्षीया छोरी अमृताकुमारी कापरको विवाह समारोहमा ज्वाइँलाई एक थान लैनो भैँसी दिन नसक्दा बेहुलाका बुबा तथा बेहुलाले अमृतालाई छोडेर गएपछि विवाह रोकिएको थियो।

उनलाई पढनका लागि काठमाडौँको सिद्धार्थ बिजनेस् गु्रपको साकार नामक संस्थाले सघाएको छ। सिद्धार्थ बिजनेस् ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले अमृतले जति पढे आफ्नौँ बिजनेस् गु्रपले पढाइ दिने बताएका छन्। उनलाई घरमै पुगेर बिजनेस गु्रपले पहिलो चरणमा रु १५ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको छ।

अमृताले पढेर नर्स बनेर समाज सेवा गर्ने रहर पालेकी छन्। गरिबीको कारण कक्षा ९ सम्म मात्र पढ्न सकेकी अमृताका बुबाले छोरीको विवाह गर्न खेत बेचेर ज्वाइँलाई मोटरसाइकल, नगद र सरसामान गरी रु चार लाख ५० हजार दाइजोमा खर्चिएको थियो।

अमृताको घटना बुझ्न उनको घर पुगेकी अन्तर पार्टी महिला सञ्जाल बर्दिवासका अध्यक्ष सारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लडाइ लड्ने बताएका छन्। अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई क्षतिपूर्तिबापत दिलाउनु पर्ने उनले माग गरे। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad