७ वैशाख २०८१ शुक्रबार
समाज

'हिल्टन'माथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन 'हिल्टन' होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो।

अख्तियारले हिल्टन होटलको फाइल काठमडौं महागरपालिकालाई उपलब्ध गराइदिन आग्रह गरेको थियो। जसअनुसार महानगरपालिकाले मंगलबार उक्त फाइल अख्तियारको जिम्मा लगाएको थियो। 

‘राजधानीको नक्सालमा निर्माणाधीन अन्तर्राष्ट्रिस्तरको हिल्टन होटलको फाइल पठाइदिन अख्तियारले दुई दिनअघि मौखिक आग्रह गरेको थियो। अख्तियारको आग्रहपछि हामीले फाइल जिम्मा लगाएका हौं,' महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नागरिकन्युजलाई भने।

उनका अनुसार महानगरपालिकाका दुई इन्जिनियरसहित अख्तियारका कर्मचारीहरुले निर्धाणधीन हिल्टन होटल स्थलको निरीक्षण गरेका छन। 'अख्तियारले भनेपछि हामीले आफ्ना दुई इन्जिनियर पनि निरीक्षणका लागि त्यहाँ खटायौं। आजमात्र अख्तियारका कार्मचारीहरुसँगै उहाँहरुले हिल्टनसाइट निरीक्षण गर्नुभएको छ,' उनले भने। 

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले अत्याधिक जमिन खनेपछि गत पुस अन्तिम साता सडक भासिएको थियो। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा सडक भासिएको थियो। हल उक्त क्षेत्रमा दुईतर्फी सवारी आवागमन अवरुद्ध पारिएको छ।  

हिल्टनको विश्वभरि ४ हजार ८ सय २० कम्पनीको स्वामित्व रहेको छ। 

प्रकाशित: २७ माघ २०७३ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App