खोटाङमा फेरि युवतीको बलात्कार पछि हत्या

बिहिबार, २७ माघ २०७३, ११ : ०३ दमन राई

खोटाङ– खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ। बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

प्रहरीका अनुसार युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। होटल सञ्चालकसँगको सोधपुछपछि घट्नामा शंकास्पद मानिएका सिमपानी–६ का तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

मंगलबार साँझदेखि हराएकी तामाङ बुधबार सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बिभत्स अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताए।

बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अवस्थामा फेला परेको प्रहरीको अनुमान छ । ‘युवतीको शवको टाउको फुटेको छ, दाँत खसाइदिएको छ, दाहिने आँखा फुटेको छ, चिउँडो ढुंगाले काटिएको अवस्थामा छ,’ डिएसपी प्रधानले भने, ‘घट्ना प्रकृति हेर्दा युवतीलाई ढुंगाले किचेर हत्या गरेपछि भीरबाट मिल्काइदिएको हुनसक्छ।’ किशोरीको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। होटल सञ्चालकसँगको सोधपुछपछि घट्नामा शंकास्पद मानिएका सिमपानी–६ का तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको डिएसपी प्रधानले बताए। शंकास्पद मानिएकामध्ये दुई जना स्थानीय र एक जना सह–चालक छन्। शंकास्पद तीन जनाको परिचय खुलाइएको छैन। उनीहरुलाई सिमपानी, खोटाङबजार र भँडारेघाटबाट गएको प्रहरीको टोलीले बुधबार राती पक्राउ गरेको हो।

पाँच दिनको अन्तरमा भएका दुबै घट्नाले सबैलाई स्तव्ध बनाएको छ। भोजपुर कोदारकी महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिइन्। उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad