८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

३४ वर्षपछि फेसबुकबाट जवाफ

फ्लोरिडा- एटलान्टिक महासागरमा ३४ वर्ष अघि प्लाष्टिकको बोत्तलमा सन्देश लेखेर फ्याँकेका एक जलसेनाका सैनिकले अन्ततः उक्त सन्देशको जवाफ पाएका छन्।

सन्देश फ्याँक्ने रोन हर्बस्ट नाम गरेका उनी त्यो बेला जम्मा १९ वर्षका थिए।

सन्देश फ्याँक्ने रोन हर्बस्ट नाम गरेका उनी त्यो बेला जम्मा १९ वर्षका थिए। उनले एटलान्टिक महासागरमा फ्याँकेको उक्त सन्देशमा उनको नाम, उनी कार्यरत जहाजको नाम, मिति र उनको ठेगाना लेखिएको थियो।

फ्याँकिएको एक वर्षमा नै फ्लोरिडा कीमा बिदा मनाउने क्रममा गोर्डन र सिन्डी ब्रेभिक नामक एक दम्पत्तिले उक्त बोत्तल भेट्टाए पनि उनीहरुले सन् २०१६ को अन्त्यतिर मात्रै फेसबुकमार्फत रोन हर्बस्टलाई सम्पर्क गरी उक्त बोत्तल हर्बस्टलाई दिएका थिए।  हर्बस्टले अब उक्त बोत्तल पेन्साकोला जलसेना उड्डयन संग्रालयलाई दिने बताएका छन्।

प्रकाशित: २७ माघ २०७३ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App