८ वैशाख २०८१ शनिबार
समाज

महासङ्घको सदस्यता वितरणप्रति युनियनको आपत्ति

काठमाडौं—नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले गैरनेपाली नागरिकलाईसमेत महासङ्घको सदस्यता स्वीकृत गरेको भन्दै सच्याउन माग गरेको छ। 

'महासङ्घको विधि प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने काम भएका दर्जनौँ गुनासो र उजुरी स्वयम् महासङ्घको केन्द्रीय कार्यालयमा आएको जानकारी हामीहरुको सङ्ज्ञानमा पनि छ, त्यसलाई तत्काल सच्याउनुपर्छ', युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 

पछिल्लो समयमा थपिएका अधिकांश सदस्य क्रियाशील पत्रकारभन्दा पनि दल विशेषका कार्यकर्ता, पत्रकारिता पेसाबाट पलायन भई निष्क्रिय रहेका र अन्य पेसामा लागिसकेकालाई समेत नवीकरण गरी मत सुरक्षित गर्ने प्रपञ्च मात्र गरेको युनियनको ठहर छ। 

'यो अवस्थामा महासङ्घको उच्च नेतृत्वले आफूलाई नसच्याए महासङ्घका शाखामा परिस्थिति काबु बाहिर जानसक्ने तथा केन्द्रीयस्तरमा पनि अप्रियस्थित उत्पन्न हुनसक्ने कुरामा सचेत गराउँछौँ', विज्ञप्तिमा भनिएको छ। रासस

प्रकाशित: २७ माघ २०७३ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App