coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

वासिङटन– अमेरिकी सरकारले उत्तर कोरीयाली  सर्वेच्च नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध लगाएको छ।
कोरियाली जनता विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बाराक ओबामाको नेतृत्वको सरकारले उनसहित अन्य दश सरकारी अधिकारीहरुलाई  प्रतिबन्ध लगाएको हो।

टेरोरिजम एण्ड फाइन्यानसियल इन्टेलिजेन्सका अन्तरिम अध्यक्ष जे.सुजबिनले प्रेस विज्ञप्ति जारी गर्दै कोरियाली जनतालाई मानसिक र शारीरिक यातना दिनुका साथेै योैन दुव्र्यवहार गरेको र बन्दी बनाएको भन्दै उनीहरुमाथि प्रतिबन्ध लगाएको बताए ।उनीहरुले सार्वजनिक गरेको तथ्याङक अनुसार करिब ८० हजार देखि १ लाख २० हजार कोरियाली जनतालाई बन्दी बनाइएको बताइएको छ । यस प्रतिबन्धसँगै उनीहरुको नाममा अमेरिकामा  रहेको स्रोत नखुलेका सम्पत्तिमाथि पनि प्रतिबन्ध लगाइएको छ।

यस अघि पनि परमाणु उतपादनको विषयलाई लिएर अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध लगाउँदै आएको थियो। विश्लेषकहरुले भने समग्र विश्वबाट उत्तर कोरियालाई एक्लो पार्न अमेरिकाले यस्तो कदम चालेको बताएका छन्।
अमेरिकाले यसअघि सिरियाली राष्ट्रति बसर अल असद र लिभियाका तत्कालीन प्रमुख मोहम्मद गद्दाफि विरुद्ध पनि मानव अधिकार उल्लंघनको विषयमा प्रतिबन्ध लगाएको थियो।

 

प्रकाशित: २३ असार २०७३ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App