८ वैशाख २०८१ शनिबार
समाज

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

काठमाडौं—प्रहरीले ६ वर्ष अघि काठमाडौंमा भएको एउटा हत्याको घटना रोक्न पहल नगरी मूकदर्शक बसेको आरोपमा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त टेकु बस्ने अनिल महर्जनलाई ललितपुर बागडोलबाट बुधबार पक्रेको हो । काठमाडौं जिल्ला अदालतको २०६९ मंसिर १४ को फैसलाले महर्जनलाई १ वर्ष ६ महिना कैद हुने ठहर भएकोमा महर्जन  फरार थिए।

ब्यूरोका अनुसार २०६७ चैत २१ गते नेवार समुदायको घोडेजात्राका क्रममा भएको बादविवादमा रुजेन शाहीको हत्या भएको थियो। जात्रामा नीलबाराही अजिमा मुर्तीलाई खटमा परिक्रमा गराउँदै काठमाडौं महानगरपालिका–२१ मन्जुश्री गल्लिमा पुगेको अवस्थामासुजन शाही, राजेन्द्र शाही र अनिल महर्जनको रुजेन शाहीसँग झगडा भएको थियो।

पछि  सुजन शाहीले रुजेन शाही, दीपक शाही र दिलकाजी शाहीसमेत ३ जनालाई छुरा प्रहार गर्दा घाइते भएका रुजेनको सोही दिन उपचारको क्रममा वीर अस्पताल काठमाडौमा मृत्यु भएको हो । अदालतले घटनामा सुजन शाहीलाई अपराध हुन नदिन रोकछेक नगरी मुकदर्शक बनी बसेको हुँदा दोषी ठहर गर्दै महर्जनलाई सजाय हुने ठहर गरेको थियो।


महर्जनलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।

प्रकाशित: २३ असार २०७३ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App