८ वैशाख २०८१ शनिबार
समाज

१२ किलो तौल भएका ६३ वर्षीय शिक्षक सम्मानित

काठमाडौं– अर्घाखाँची जिल्लाको ठूला पोखरा– २ का ६३ वर्षीय एक शिक्षक कृष्णप्रसाद पौडेलको शाररीक तौल जम्मा १२ किलो मात्र छ । बुधबार एक राजधानीमा एक कार्यक्रमबीच शिक्षक पौडेल सम्मानित भएका छन्। रिपोर्टर्स क्लबले उनलाई सम्मान गरेको हो।

पौडेलले बाँच बचाउ, र केही गर भन्ने दर्शन बोकेका पौडेलले शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सरकारले २०६७ जेठ १६ गते जनसेवाश्रीको मानपदवीबाट सम्मान गर्ने घोषणा समेत गरेको थियो। तर, त्यो सम्मान उनले अझै प्राप्त गर्न भने सकेका छैनन् ।

शाररीक तौलको कमीका बाबजुद झण्डै ४ दशकसम्म अर्घाखाँचीमा रहेर शिक्षण गरी शिक्षाको ज्याति फैलाउन उनले गरेको योदानको कदर गर्दै क्लबले सम्मान गरेको जनाएको छ।

जन्मँदा तन्दुरुष्त रहेका शिक्षक पौडेलले पाँच कक्षासम्म दर्शनानन्द योगीको सहयोगमा स्वस्थ अवस्थामै अध्ययन गरेका थिए । ११ वर्षको उमेरमा एक्कासी आएको ज्वरोले च्याप्दै लगेपछि अवस्था जटिल भई शारीरिक रुपमा हात खुट्टा नै कुँजीएको बताइएको छ।  

पौडलले शारीरिक कमजोरी भए पनि चार दशकभन्दा बढी समय शिक्षण ससाना बालबालिकालाई अध्यापन गरेका थिए।
उनकै प्रयासमा वि.सं. २०३१ देखि २०४० सम्म चौरमै बसेर र उनकै अथक प्रयासमा २०४२ सालमा त्यहाँ भगवती प्राथमिक विद्यालयको स्थापना गरेर त्यहाँ ४२ वर्षसम्म पढाएका थिए।

विशेषगरी उनको खानेनली सुक्दै गएको र यसको उपचारको लागि उपकरण राख्नुपर्ने र त्यसका लागि करिब ८० हजार रुपैयाँ लाग्ने हुँदा सहयोगको लागि सरकारसँग आग्रह गरेका छन्।

पौडेलले बाँच बचाउ, र केही गर भन्ने दर्शन बोकेका पौडेलले शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सरकारले २०६७ जेठ १६ गते जनसेवाश्रीको मानपदवीबाट सम्मान गर्ने घोषणा समेत गरेको थियो। तर, त्यो सम्मान उनले अझै प्राप्त गर्न भने सकेका छैनन् ।

हाल बाँच्ने आधार नभएको र राज्यले उचित व्यवस्थाका साथ आजीवन न्यूनतम भत्ताको व्यवस्था गर्नुपर्ने उनको माग छ । आफ्नो योगदान र अवस्थालाई मूल्यांकन गरी गीनीज बुकमा रेकर्ड राख्ने ईच्छासमेत उनले देखाएका छन्।  

पूर्वउपप्रधानमन्त्री रायमाझीले पौडेलको सम्मानमा नेपाल सरकारले विशेष राहतको प्योकेज नै घोषणा गर्नुपर्ने बताए। उनले आफ्नो तर्फबाट उनको लागि शिक्षा मन्त्रालयबाट आजिवन भक्ता दिलाउनको लागि पहल गर्ने समेत आश्वासन दिए।

‘साहित्यकार झमक कुमारी घिमिरेलाई जस्तै उहाँलाई पनि आजिवन भक्ता वा एकमुष्ट रकम दिलाउनको लागि पहल गर्छु,’ रायमाझीले भने, ‘पौडेलजीको जिल्लामा जन्मिएर जनप्रतिनिधि हुनुमा गर्व गर्दछु, उहाँको सम्मानको लागि म जस्तोसुकै सहयोग गर्न पनि कुनै कसर बाँकी राख्दिन्।’

पौडेल अर्घाखाँचीमा मात्रै नभएर पूरा देशको लागि नै प्रेरणाको स्रोत भएको उनले बताए।

त्यस्तै उनले पौडेलको उपचारको लागि स्वास्थ्यमन्त्री गगनकुमार थापासँग कुरा गर्ने र उपचारको लागि जतिसक्दो चाँडो पहल गर्ने प्रतिबद्धता जनाए। नेता रायमाझीले ६३ वर्षीया पौडेल अहिले जम्मा १२ केजी मात्रै भएको र ४२ वर्ष लामो समयसम्म अध्यापन गराएको कुरा विश्वमै दुर्लभ भएकोले गिनिज वुक अफ रेकर्डको लागि सहयोग गर्नुपर्ने बताए।  

महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पौडेलजस्ता शारिरिक अपांगत भएर पनि मुलुकको लागि योगदान दिनेहरु धेरै जना भएकोले उनीहरुको लागि सरकारले नीतिगत लाभका कार्यक्रमहरु अघि सार्ने गरी आफूले पहल गर्ने बताए । ‘राज्य भनेको लोककल्याणकारी हो, त्यसैले उहाँहरुको लागि मैले आफ्नो तर्फबाट सक्दो सहयोग हुनेगरि नीतिगत कार्यक्रमहरु नै अघि सार्नेछु,’ उनले भने।

मन्त्री खड्काले पौडेललाई सरकारले घोषणा गरेको सम्मान पदक दिलाउनको लागि पनि सरकारका मुख्यसचिव र प्रधानमन्त्रीसँग यसबारेमा कुरा गर्ने जनाए।

 

प्रकाशित: २६ माघ २०७३ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App