६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

चार सातामा दुई इन्च बोसो घटाउने तरिका

पेट वरिपरि जम्मा भएको अनावश्यक बोसो घटाउनु कति गाह्रो कुरा हो भन्ने कुरा मस्तसँग पेट लागेका र त्यसलाई घटाउन मिहिनेत गर्नेहरूलाई सोध्नूस् । दुई इन्च पेट घटाउनु भनेको कुनै चमत्कारभन्दा कम होइन । मज्जैले पेट बढेको छ भने त्यसले ‘टाइप टु डाइबिटिज’ अर्थात् चिनी रोग र मुटुको व्यथा बढाउँछ भनिरहनु नै परेन । तर पेट घट्यो भने ती रोगको खतराबाट तपाईं टाढा हुने सम्भावना भने छ ।
बिबिसीको एउटा टोलीले यस विषयमा एउटा प्रयोग पनि ग¥यो । प्रयोगको परिणाम के देखियो भने सन्तुलित भोजन र कसरत गर्नु निकै फाइदाकारक हुन्छ ।
सन्तुलित भोजन
यस प्रयोगअन्तर्गत पेट वरिपरिका मांसपेसीलाई चुस्त राख्न सन्तुलित भोजनसँगै केही कसरत पनि सिफारिस गरिएको छ । प्रश्न के उठ्छ भने शरीरमा परिवर्तन ल्याउनका लागि हामीले कति भोजन गर्नु आवश्यक छ त ?
पोषक विशेषज्ञहरुका अनुसार सात दिनमा आधा किलो वजन कम गर्नका लागि हामीले चाहिनेभन्दा ५०० क्यालोरी कम खान्की खानु पर्छ ।
बढी तौल
कुन तौललाई बढी वजन मान्ने ? यो कुरा व्यक्तिअनुसार फरक–फरक हुन्छ । कतिलाई आफू निकै मोटाए पनि ठीकै लाग्छ भने केहीलाई भने आफ्नो वजन थोरै बढ्दा पनि ज्यादा मोटाएँ भन्ने पीर लाग्छ ।
तर खान्कीमा ध्यान दिने र नियमित व्यायाम गर्ने प्रयोगमा भाग लिएकाहरुमध्ये धेरैको कम्मरको बोसो घटेको पाइयो र यो औसत २.५ सेन्टिमिटरभन्दा कम भएको पाइयो । यसका लागि उनीहरूलाई करिब चार साताको समय लागेको थियो ।
हुन त शोधमा अन्य यस्ता व्यक्ति पनि फेला परे जसले तोकिएभन्दा बढी वजन घटाउन सफल भएका थिए भने कम क्यालोरीको खान्की लिए पनि अपेक्षित रुपमा उनीहरूको वजन घटेको पाइएन ।
यो शोधको अर्को रोचक पक्ष के थियो भने चार सातासम्म गरिएको यो मिहिनेत रोकिएपछि शरीरले बोसो बढाउन मिहिनेत गर्न थालेको पनि पाइएन । हामीले के बुझ्न आवश्यक छ भने जति आफ्नो शरीरको तौललाई कम गर्नु आवश्यक छ, उति नै शरीरलाई जति क्यालोरी ऊर्जा दैनिक आवश्यक पर्छ, त्यसको जोहो शरीरले गर्न खोज्छ नै ! यसलाई हामीले स्वाभाविक प्रक्रियाका रुपमा बुझ्नुपर्ने हुन्छ ।
चिकित्सकहरूको भनाइ छ, दैनिक ५ सय क्यालोरी कम खान्की लिँदा आफ्नो वजनलाई सन्तुलित राख्न सकिन्छ ।
खान्कीकै कुरा गर्दा एउटा महŒवपूर्ण पक्ष के छ भने हिजोआज कार्यालयहरूमा कसैको जन्मदिनमा केक खुवाउने चलन बस्न थालेको छ । केक नखुवाउनेले पनि कम्तीमा चकलेट खुवाउँछन् । यस्तो चलनले स्वास्थ्यलाई क्रमशः हानि पु¥याउने चिकित्सकहरूको दाबी छ ।
रोयल कलेज अफ सर्जन्सको फ्याकल्टीको डेन्टल सर्जरीका चिकित्सकले काम गर्दाका बेला केक र बिस्कुट आदि खाने कर्मलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । यसले मोटोपन त बढ्छ नै मुखसम्बन्धी रोग बढ्नेछ ।
फ्याकल्टीका डिन प्राध्यापक नाइजेल हन्टले भने, ‘कार्यालयहरुमा हाकिमहरुले सहकर्मीलाई केक–बिस्कुट आदि ल्याउन रोक्दैनन् किनभने कार्यालय समयमा रमाइलो गर्नु राम्रो कुरा हो । तर यस्ता क्रियाकलाप कर्मचारीको स्वास्थ्यका लागि हानिकारक हुनेछ । यस किसिमको क्रियाकलाप रोक्नु हिजोआज आवश्यक भइसकेको छ ।
फ्याकल्टीले कार्यालयहरुमा मिठा खाद्यवस्तुको खपत घटाउन केही सुझाव पनि जारी गरेको छ ।
जस्तोः कम चिनीयुक्त खाद्यपदार्थमा जोड दिने, खानाको मात्रा कम गर्ने, हल्काफुल्का खाजाबाट बच्ने, गुलिया पदार्थ लन्चका बेला मात्र लिने, गुलिया पदार्थ आफ्ना अघिल्तिर थोरै मात्र राख्ने । गुलिया पदार्थ साथीहरूसँग बाँडेर नखाने किनभने सामान्यतः समूहमा गुलिया पदार्थहरू खान थाल्दा प्रायः बढी नै खाने गरिन्छ ।
यति कुरामा ध्यान दिन सके स्वास्थ्यका बारेमा धेरै चिन्ता लिइरहनु पर्ने छैन ।
बिबिसी
 

प्रकाशित: २६ माघ २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App