८ वैशाख २०८१ शनिबार
प्रवास

डेनमार्कका कांग्रेसलाई चुनाबी चटारो

शशिकुमार ढकाल

कोपनहेगन—फेव्रुअरीको सुरुवाती हप्ता, बाहिर हल्का हिउ परिरहेको छ। मौसम असाध्य चिसो छ। बाहिर निस्कनै गाह्रो तर कोपनहेगनमा बस्ने कांग्रेसीहरु भने चिसोको ख्याल नगरी तातो बहस चलाइरहेका छन्। एउटा ठूलो जोश निकालेर दौडिरहेका छन्।

गत हप्तादेखि व्यस्त भएका डेनमार्कबासी कांग्रेसीजन फोन आजसम्म पनि हतपत्त लाग्दैन।  लागिहाले पनि  'म मिटिङमा छु पछि कल गर्नेछु ' भन्ने सन्देश आउने गरेको छ।

अरुबेला घण्टा घण्टाको हिसाबमा दौड्नेहरु यतिबेला प्रायः सबै बिदामा छन्। उनीहरुलाई  चटारो छ- जनसम्पर्क समिति डेनमार्कको आसन्न चौथो अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्ने र चुनाबबाट नयाँ कार्यसमिति चयन गर्ने।

यो चुनाबबाट २०१७ देखि २०२० सम्मको कार्यकालका लागि नेतृत्व चयन गर्नेछ। त्यसका लागि डेनमार्कका कांग्रेसीजनका कोठाकोठा गुट उपगुटको भेटघाट र मिटिङले भरिएका छन्।

डेनमार्कमा करिब २५००-३००० को हाराहारीमा नेपालीको बसोबास छ। यहाँ बसोबास गर्नेमध्ये सबैभन्दा धेरै कांग्रेस नै छन्। जनसम्पर्क समिति डेनमार्कले अधिवेशनको लागि १६५९ सदस्यको नाम प्रकाशित गरेको छ।

गत हप्तादेखि व्यस्त भएका डेनमार्कबासी कांग्रेसीजन फोन आजसम्म पनि हतपत्त लाग्दैन।  लागिहाले पनि  'म मिटिङमा छु पछि कल गर्नेछु ' भन्ने सन्देश आउने गरेको छ। 

डेनमार्क सहितका मुलुकमा जनसम्पर्क समितिको निर्वाचनलाई ध्यानमा राखेर कांग्रेस नेता रामचन्द्र पौडेल नेपालबाट हिँडिसकेका छन्। फेव्रुअरीको ११ मा हुने जनसम्पर्क समिति डेनमार्कको  अधिवेशनमा उनी सहभागी हुनेछन्।

अधिवेशनले सभापति सहित १४ निर्वचित र ६ मनोनित गरी २०  सदस्यीय कार्यसमिति चयन गर्नेछ। १४ निर्वचित पदधिकारीका लागि ३३ जना आकांक्षी देखिएका छन्।

सभापतिका आकांक्षीमा वीरेन्द्र सिंह कार्की र शैलेन्द्र अधिकारी प्यानल नै बनाएर चुनाबी मैदानमा देखिएका छन्। कार्कीले फेसबुकमार्फत आफ्नो प्यानलनै सार्वजनिक गरेका छन्। शैलेन्द्र अधिकारीले सहमतिको लागी सभापतिका अर्का प्रत्यासी बुद्धि सापकोटासँग कुराकानी भैइरहेको नागरिकन्युजलाई बताए।

'हामीबीच पदधिकारीमा कुरा मिलेपछि एक जना पछि हट्ने हो' उनले भने,  'त्यसपछि भोली हाम्रो टोली सार्वजनिक हुनेछ।'

वीरेन्द्र सिंह कार्कीले सार्वजनिक गरेको प्यानलमा उपसभापतिमा किशोर प्रशाइ र ईन्द्र प्रसाद पनेरु छन्। महामन्त्रीमा राजेन्द्र पौडेल रहेका छन्।

अन्य उपसभापतिका आकांक्षीमा दीपेन्द्र बिष्ट, मुक्तीराम चापागाइँ, निलविक्रम थापा छन्। महामन्त्रीमा  रमेश घिमिरे र यादब  बस्नेत चुनाबी मैदानमा छन्।

 

प्रकाशित: २५ माघ २०७३ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App