coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल ग्यासले जोखिमपूर्ण सिलिन्डर नष्ट गर्‍यो

जाेखिमपूर्ण थाेत्रा सिलिण्डर नष्ट र्दै नेपाल ग्यासका कामदार । तस्बिरः दिलीप पौडेल

काठमाडौं–  नेपाल ग्यासले जोखिमपूर्ण अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका  साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।

उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी गुणस्तरहिन प्रयोगमा ल्याउन नमिल्ने छ सय ७९ सिलिन्डर नष्ट गरेको  नेपाल ग्यासका प्रबन्धक राजेन्द्र दंगालले बताए । ‘धेरै पूराना सिलिन्डरको हाइड्रोलिक टेष्ट गर्छौं,’ प्रबन्धक दंगालले भने, ‘प्रयोग गर्न जोखिमपूर्ण पुराना सिलिन्डरलाई हरेक वर्ष नष्ट गर्दै आएका छौं ।’

उपभोक्ताको भान्सामा प्रयोग हुने सिलिन्डर सुरक्षाको विषयमा संवेदनशील भएर नष्ट गर्ने गरेको कम्पनीले जनाएको छ ।

विभिन्न समयमा ग्यास बिस्फोटमा परी जनधनको क्षती भैरहेको हवस्थामा नेपाल ग्यास उपभोक्ताप्रति जिम्मेवार भएर नष्ट गर्दै आएको छ । सो कम्पनीले  यसअघि वैशाखमा पनि करिब नौ सय पूराना सिलिन्डर नष्ट गरेको थियो । नयाँ सिलिन्डर १० वर्षमा र त्यसपछि हरेक पाँच वर्षमा अनिवार्य रुपमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ ।  

नेपाल ग्यास, एसटिसी लगायत एक दर्जन कम्पनीले पुराना सिलिन्डर नष्ट गरे पनि अधिकांशले हाइड्रोलिक टेस्ट नगरी बजार पठाउने गरेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिनाले बताए ।

 

प्रकाशित: २५ माघ २०७३ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App