coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अब आइफोनका सबै सिरिजमा फोरजी चल्ने

काठमाडौं– नेपाल टेलिकमले सञ्चालन गरिरहेको मोबाइलको चौथो पुस्ताको प्रविधि (फोरजी/एलटिर्इ) सेवा आइफोनका सबै सिरिजमा चल्ने भएको छ । नेपाल टेलिकमले प्राविधिक समस्यालाई समाधान गर्दै माघ २५, मंगलबारदेखि आइफोनका सबै सिरिजमा फोरजी संचालन सुरु गरेको हो ।

यसरी चलाउने सकिन्छ– आइफोन ६, ६ प्लस, ७ र ७ प्लस सिरिजका फोन सेटमा फोरजी सेवा सञ्चालन गर्नको लागि एप्पल कम्पनीको वेवसाइटमा उपलब्ध निर्देशनअनुसार आफ्नो फोनको ब्याक अप लिई प्रोफाइल डाउनलोड गर्नुपर्ने छ । त्यसपछि जेनेरल, सेटिङ, सफ्टवयर अपडेटमा गइ बेटा भर्सन डाउनलोड गर्न सकिने छ ।

यसअघि यो सेवा आइफोन ५ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिन्थ्यो । ‘आज देखि आइफोन ६, ६ प्लस, ७ र ७ प्लसका सेटहरुमा पनि फोरजी सेवा प्रयोग गर्न सकिने भएको छ,’ मंगलबार विज्ञप्ती जारी गर्दै टेलिकमले भनेको छ ।

नेपाल टेलिकमले फोरजी सेवा सुरु गर्नुअघि नै एप्पल कम्पनीका सवै सिरिजका माेबाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेको थियो । उक्त कम्पनीले त्यो बेला आगामी मार्च महिनादेखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।

एक महिनाअघि देखि नै टेलिकमका पोष्टपेड मोबाइलमा फोरजी सेवा सञ्चालन भए पनि आइफोनका केही सिरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको थियो।

‘ग्राहकको मर्का महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरी आइफोनका नयाँ सिरिजहरूमा फोरजी सेवा  सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो,’ टेलिकमले भनेको छ ।   

नेपाल टेलिकमले गत पौष १७ गतेदेखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा काठमाडौं उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोबाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको थियो । कम्पनीको वार्षिकोत्सवका अवसरमा माघ २२ गतेदेखि  भने काठमाडौ र पोखराका प्रिपेड मोबाइलका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइसकेको छ ।

आइफोन ६, ६ प्लस, ७ र ७ प्लस सिरिजका फोन सेटमा फोरजी सेवा सञ्चालन गर्नको लागि एप्पल कम्पनीको वेवसाइटमा उपलब्ध निर्देशनअनुसार आफ्नो फोनको ब्याक अप लिई प्रोफाइल डाउनलोड गर्नुपर्ने टेलिकमले जनाएको छ । त्यसपछि जेनेरल, सेटिङ, सफ्टवयर अपडेटमा गर्इ बेटा भर्सन डाउनलोड गर्न सकिने छ। आइफोन ६ तथा सोमाथिका सिरिजमा  नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न सकिन्छ ।

 

प्रकाशित: २५ माघ २०७३ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App